२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा आत्महत्या गर्नेको संख्या बढ्दो

२८ भाद्र २०७५, बिहीबार ०९:०९

भदौ २८, बैतडी | बैतडीमा गएको चार वर्षमा ११५ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार यस जिल्लामा आत्महत्या गर्नेको संख्या हरेक वर्ष क्रमिक रुपले बढ्दै गएको छ।

आर्थिक वर्ष २०७१–७२ मा १६ जनाले आत्महत्या गरेकामा आर्थिक वर्ष २०७२–७३ मा यो संख्या बढेर २९ जना पुग्यो। आव २०७३–७४ मा यो संख्या अझै बढेर ३६ पुग्यो। गत आवमा ३१ जनाले आत्महत्या गरेको तथ्याँक छ। 

जिप्रकाका प्रहरी प्रवक्ता कान्तिराज जोशीका अनुसार चालु आवको आजको दिनसम्म ३ जनाले आत्महत्या गरी मृत्युवरण गरेका छन्। बैतडीमा आत्महत्या गर्नेको संख्या डरलाग्दो देखिएकाले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो रहेको विज्ञहरू बताउँछन्। 

बैतडीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले आत्महत्या मानसिक असन्तुलनको उपज भएकाले यसको रोकथामका लागि परिवारको सहयोग जरुरी हुने बताउछन्। उनी भन्छन्,“घरेलु हिंसा न्यून गर्न सकिए आत्महत्याको दर पनि घट्छ। यसको रोकथाम गर्नु समग्र समाजको दायित्व भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्छ।” 

आत्महत्याका घटना बढ्नु जानाका मुख्य कारण तनाव भएको मनोविज्ञान सम्प्रदाय नेपाल (टिपस)का डा नरेन्द्र ठगुन्ना बताउछन्। उनी आत्महत्याको घटनामा कमी ल्याउन विद्यालयस्तरदेखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्ने विचार राख्छन्। टिपसका अनुसार देशभर आव २०७४–७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरेका थिए। (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ