<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... <"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

एम्बुलेन्समा चामल बोकेर बालगृहलाई सहयोग

३० भाद्र २०७५, शनिबार ०८:१४

ताराबहादुर महत

दोलखा । दोलखा सामुदायिक अस्पतालले शुक्रबार गौरीशंकर बालगृह चरिकोटमा रहेका बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण गरेको छ ।


अस्पतालका एमडीजिपी डाक्टर आमोघ बस्न्यातको टोलिले बालगृहमा रहेका २४ जना अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरी आवश्यक औषधि वितरण गरिएको अस्पताल प्रमुख अमृतबहादुर बुढाथोकीले जानकारी दिनुभयो । बाल दिवसको अवसरमा भिमेश्वर नगरपालिकाद्वारा बालगृहमा आयोजित एक कार्यक्रमकाबिच अस्पतालले बालबालिकाहरुका लागि चामल, दाल लगायत खाद्यान्न समेत सहयोग गरेको छ । ३० किलोग्राम तौल रहेको १० बोरा चामल र ३० किलोग्राम तौल रहेको १ बोरा दाल अस्पताल प्रमुख बुढाथोकीले बालगृहलाई हस्तान्तरण गर्नुभएको हो । नेपाल बाल संगठनको व्यवस्थापनमा संचालित बालगृहमा दोलखाका ४ सहित अन्य विभिन्न जिल्लाका २० गरी २४ जना बालबालिका बस्दै आईरहेका छन् ।


बुधबार बिरामी काठमाण्डौं पु¥याएर चरिकोट फर्किँदै गरेको खाली एम्बुलेन्समा बनेपाबाट शुक्रबार बालगृहलाई सहयोग स्वरुप दिनका लागि चामल र दाल खरिद गरी लोड गरिँदै गरेको भेटिएपछि विभिन्न राष्ट्रिय आमसंचार माध्यममा समाचारको विषयसमेत बनेको थियो । घटनाको सम्बन्धमा अस्पताल प्रमुख बुढाथोकीले बिहिबार नै विज्ञप्ती प्रकाशित गरी बालगृहको सहयोगका लागि ल्याईएको खाद्यान्न सामाग्रीको बारेमा यथार्थ कुरा नबुझी भ्रमपूर्ण समाचार आएको भन्दै खण्डन गर्नुभएको थियो । अस्पताल प्रमुख बुढाथोकीले यसअघि पनि नेपाल रेडक्रस सोसाईटी, नेपाल पत्रकार महासंघ, विभिन्न विपन्न परिवारलाईसमेत नगद र जिन्सी समेत सहयोग गरिसक्नुभएको छ ।


यसैबिच बाल दिवसको अवसरमा बालगृहका बालबालिकाहरुलाई भिमेश्वर नगरपालिकाले एकरएक जोडी ट्रयाकसुट र फलफूलसमेत वितरण गरेको छ ।

साभार ः जनता समाचार डट कम

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ