२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा भूकम्प पिडित पहिचानको काम फेरी सुरु

२०७२, १७ मंसिर बिहीबार २१:५४

okhaldhunga copyपूर्णप्रसाद न्यौपाने/मङ्सिर १८,
ओखलढुंगा ।
ओखलढुंगामा भूकम्प पिडित पहिचानका लागि पुनर्मुल्याङ्कन तथा अनुगमन सुरु भएको छ

गत बैशाखमा गएको भूकम्पले गरेको क्षेतीका बारेमा संकलीत विवरण
प्रती असन्तुष्टि जनाउने पिडितहरुको वास्तवीकता पहिचानका लागि पुनर्मुल्याङ्कन तथा अनुगमन सुरु भएको हो

आफ्नोघर पूर्णरुपमा क्षेती भएको भएपनि पूर्णक्षेतीमा
नपरेको,विवरणमा घर छुटेको,पाउनु पर्ने राहत नपाएको लगाएका गुणासो गर्दै परेका निवेदनहरु उपर छानविन
थालीएको जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी
दिनुभयो । गाविस–गाविस मार्फत जिल्ला प्रशासनमा आएका ६ हजार भन्दा बढि निवेदन रहेकाले निवेदनको घरघरमा
सरकारी टोली पुगेर पुनर्मुल्याङ्कन तथा अनुगमन सुरु गरेको उहाँको भनाई छ ।

भुकम्प पिडितले दिएको निबेदनमाथि छानविनको लागी जिल्ला दैवी प्रकोप उद्धार समितिले गाविस
सचिव,प्राविधिक र प्रहरीगरी ३ सदस्य टोली परिचालन गरेको छ ।

परिचालीत टोलीले केहि गाविसमा पुगेर निवेदन दिने पिडितहरुको क्षेतीबारे स्थलगत अनुगमन तथा
पुनर्मुल्याङ्कन सुरु गरेका छन् । यसअघि प्राविधिको मूल्याङ्कन सहि नहुँदा अधिकांश वास्तवीक पिडितहरु
राहत पाउनबाट छुटेका छन् ।

पुननिर्माणको काम गर्नुपर्ने समय
गुज्रीसक्दा पनि ओखलढुंगामा भूकम्प पिडित नै पहिचान भईनसकेको र पिडितले दिएका निवेदन उपर कुनै सुनुवाई
नभएको विषयमा सञ्चारमाध्यमहरुले सम्बन्धीत पक्षलाई निरञ्तर खबरदारी गर्दै आएका थिए ।

सञ्चारमाध्यम र सरोकारवालाले थप दवाव दिएपछि ढिलै भएपनि आफुहरुको माग अनुसार
दैवी प्रकोप उद्धार समितिले पुनर्मुल्याङ्कन तथा अनुगमन सुरु भएको भन्दै पिडितहरु खुःसी भएका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन