२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा दुई यात्रुवहाक बस एकआपसमा ठोक्किदा ४३ यात्रु घाइते, ५ को अवस्था गम्भीर

२०७५, ३० भाद्र शनिबार १२:२२

भदौ ३०, सुर्खेत | रत्न राजमार्गअन्तर्गत सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो बिउरेनीमा दुई बस एकआपसमा ठोक्किँदा ४३ यात्रु घाइते भएका छन् । 

नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको बा३ख ६२१२ र सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना४ख ७०२४ नं को यात्रुबाहक बस आज दिउँसो सुर्खेतको सुब्बाकुना नजिक बिउरेनी मोडमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । 

बस ठोक्किँदा घाइते भएका सबैको वीरेन्द्रनगरस्थित माया नर्सिङ होम र देउती अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी प्रमुख वसन्त रजौरेले बताउनुभयो । दुवै बस तीव्र गतिमा भएका कारण घटना भएको हुनसक्ने उहाँले बताउनुभयो । 

यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज (प्रहरी निरीक्षक) हरि बिसीले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । प्रहरी निरीक्षक बिसीका अनुसार गम्भीर घाइते बिरामीको नाम, वतन आउन बाँकी रहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै