२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा भूपू प्रहरी पक्राउ

३१ भाद्र २०७५, आईतवार १७:१२

भदौ ३१, घोराही (रासस) | प्रहरीमा जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने एक भूपू प्रहरी प्रहरीको फन्दामा परेका छन् । 

दाङ जिल्लाको घोराही बजारमा मेट्रो सिटी सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आइरहेका भूतपूर्व प्रहरी कालीबहादुर लामालाई प्रक्राउ गरी आज सार्वजनिक गरिएको हो । 

दोलखा भीमेश्वर नगरपालिका–२ चरिकोट घर भई काठमाडौँ पेप्सीखोला बस्दै आएका ५१ वर्षीय लामालाई काठमाडौँबाट दाङ प्रहरीसहित सीआईबीको टोलीले पक्राउ गरेको हो । अभियुक्त लामाले करीब ६०/७० जनासँग जनही रु दुई लाख ५० हजारसम्म लिएको खुल्न आएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरि शर्माका अनुसार सल्यान शारदा नगरपालिका–३ वडाखोलाका २० वर्षीय भीमसेन भण्डारीले प्रहरीमा उजुरी दिएपछि अभियुक्त लामाले गरेको गतिविधि खुल्न आएको छ । 

हतियारसहित पक्राउ 

जिल्ला प्रहरी कार्यालय दाङले हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । यूसए लेखिएको अटोमेटिक पेस्तोलसहित घोराही–१३ बडहराका २७ वर्षीय वीरबहादुर चौधरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी प्रमुख कृष्णहरि शर्माकाअनुसार अभियुक्त चौधरीलाई घोराही बजार क्षेत्रभित्र पर्ने बुद्धि ग्यारेजबाट पक्राउ गरेको हो । “विशेष सूचनाको आधारमा चौधरीलाई बजारभित्रै भेटी रीतपूर्वक शरीर खानतलासी गर्दा पाइन्टको बेल्टमा लुकाइछिपाइ राखेको अटोमेटिक पेस्तोल भेटिएको हो ।” प्रहरी प्रमुख शर्माले भन्नुभयो, “पेस्तोलसँगै एक थान म्याग्जिन र चार राउण्ड गोलीसमेत फेला पारेको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ