२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुवा खेलिरहेका प्राध्यापकदेखी नेतासम्म प्रहरी निन्त्रणमा, ४ लाख २५ हजार बरामद

२०७५, १ आश्विन सोमबार ०३:५१

टेकेन्द्र बोहरा | असोज १, बझाङ | जिल्ला प्रहरी कार्यल बझाङले जुवा खेल्दै गरेको अवस्थामा ८ जना लाई पक्राउ गरेको छ । सदरमुकाम चैनपुरमा रहेको होटेल माउन्टेन भ्यु होटेलबाट जुवा खेल्दै गरेको अवस्थामा ८ जना र होटल होटल सँञ्चालक सहित ९ जनालाई प्रहरीले निन्त्रणमा सनिवार लिएको हो ।

जुवा खेल बाट प्रहरीले ४ लाख २५ हजार ४ सय २० रुपैया नगद समेत बरामत गरेको जिल्ला  प्रहरी कार्यालयका प्रहरीनायब उपरिक्षक प्रविण धितालले बताउनु भएको छ ।

प्रहरीको  नियन्त्रणमा परेका जुवा खेल्नेहरुमा मष्टा गाँउपालीका ५ का लाले भनेर चिनिने लाल बहादुर बोहरा, नेकपाका पुर्व माओवादीका नेता शिबराज बोहरा, साथै सोही गाँउपालीका वडा नँ ७ का मात सिहँ बोहरा रहेका छन् ।

यस्तै जयपृथ्वी नगरपालीका वडा नँ ५ का कलक बहादुर सिहँ, सोहि नगरपालीका वडा नम्बर ३ का गणेश रोकाया, वडा नम्बर ११ का प्रकास रोकाया रहेको डिएसपि धिताले बताउनु भयो ।

प्रहरी प्रमुख धितालका अनुसार  बझाङ छविसपाथीभेरा गाँउपालीका वडा नँका  ७ का तिलक धामी र सोही गाँउपालीका वडा नँ २ का जयपृथ्बी बहुमुखी क्याम्पसका प्राध्यापक विराट सिहँ कठायत रहेको बताउनु भयो ।

प्रहरीले शनिबार राती विषेश सुचनाको आधारमा माउन्टेन भ्यु होटेलको २०४ नम्बर कोठा बाट जुवा खेली बसि रहेको अवस्थामा प्रक्राउ गरेको थियो । 

होटेल संचालक सुर्मा गाँउपालीका ४ घर भएका चक्र बहादुर बोहरालाई पनी नियन्त्रणमा लिएको छ । भदौको पहिलो सात देखी सदरमुकाम चैनपुरमा ठुलो रकमको जुवा तास  खेलाईरहेको समाचार सँञ्चार माध्यममो आउन थाले पछी पहिले पटक जिल्लामा सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक प्रविण धितालले जुवा तासलाई बन्द गर्ने अडानका साथ जुवाडेहरुलाईै प्रक्राउ गरेको डिएसपि धितालले दाबी गर्नु भएको छ ।

यस अघि प्रहरीकै मिलेमतोमा जुवाखेल हुदै गरेको गुनासो आए पछी पछिल्लो समय प्रहरी प्रशासन पनी बदुनामी भएको हुँदा सरुवा भएरका आएका डिएसपि धितालले आफु आएको पहिलो सातामा नै जुवाडेलाई प्रक्राउ गर्न सफल भएका छन् ।

पक्राउ परेका लाई फौजदारी कार्य्विधी संहिता ऐन २०७४ को १२५ को १ बमोजीक मुद्धा दर्ता गरेको बताईएको छ । उक्त कानुनमा पहिलो पटक जुवा तास खेल्ने ब्यक्तीलाई तिन महिना कैद वा ३० हजार जरीवा गरीने ब्यवस्था छ भने दोस्रो पटक प्रक्राउ परे १ बर्ष कैद र ५० हजार जरीवाना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते