४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० बर्षे पुरुषद्वारा १८ बर्षीयसंग एकोहोरो प्रेम: मध्यराति तेजाव छर्केर कुरुवा बसे

२ आश्विन २०७५, मंगलवार १९:११

असोज ३, रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा जादोलाल दासकी दुई छोरीमाथि मध्येराति घरमै सुतिरहेका दुई बेला तेजाब आक्रमण भयो । घटनाको विवरण अचम्म लाग्दो छ । 

अज्ञात व्यक्ति ढोका फोरेर दास परिवारको घरभित्र छिरेर १८ बर्षीया सम्झना दास र उनकी बहिनी १५ बर्षीया बहिनी सुस्मितालाई तेजाव छ्यापेर भाग्यो । घटना भएपछि एक जना छिमेकी आएर तेजाव छर्किएको जस्तो छ भन्दै थिए । उनि थिए रामबाबु पासवान । पासवानले नबताउनजेलसम्म के छ्यापिएको भन्ने थाहा समेत थिएन । पासवानकै सहयोगमा दुई दिदि-बहिनीलाई चपुर अस्पताल लगियो । तर त्यहाँ उपचार नहुने भएपछी कीर्तिपुर अस्पताल ल्याईयो । त्यहाँ पनि उनि कुरुवा बस्दै थिए । तर पछी थाहा भयो, एसिड छ्याप्ने अरु कोहि नभएर तिनै रामबाबु पासवान थिए । 


प्रहरीले पासवानलाई अस्पतालबाटै पक्राउ गर्यो । पछी थाहा भयो – पासवानले एकतर्फी प्रेममा परेर प्रेम प्रस्ताव अस्वीकार गरेपछि एसिड आक्रमण गरेका रहेछन् । मंगलबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पत्रकार सम्मेलन गरेर रामबाबुलाई सार्वजनिक गरेको छ । अभियुक्त रामबाबुको उमेर ५० वर्ष छ । उनले १८ बर्षीय सम्झनालाई निरन्तर फोन गर्ने गरेको प्रहरीले जनाएको छ । घटना अघि उनले सम्झनालाई १५ दिनसम्म ११५ पटक फोन गरेका थिए । प्रहरीका अनुसार कल डिटेल हेर्दा सम्झनाले रामबाबुले गरेको फोन उठाएकि थिइनन् । 


२७ गते राति रामबाबु सम्झनाको घरमा छिरेर एसिड छ्यापेर भागेको प्रहरीले बताएको छ । उनले प्रेम प्रस्ताव स्वीकार नगरेको रिसमा तेजाब आक्रमण गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ