२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

पानीघट्टबाट मनग्य आम्दानी

२०७५, ३ आश्विन बुधबार ११:१४

असोज ३, मुसिकोट | रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका बासिन्दा पानीघट्टबाट मनग्य आम्दानी गर्दै आएका छन् । 

साविकको पेउघा गाविसको काँइयो खोलामा ३० भन्दा बढी पानीघट्ट सञ्चालन गरेर स्थानीयवासीले पर्याप्त आम्दानी गर्न थालेका छन् । खोला किनारमा निर्माण गरिएका पानीघट्टमार्फत घरव्यवहार चलाउन सहयोग पुगेको छ । थोरै रकम र कम मेहनतले नै पानीघट्टबाट फाइदा लिन सकिने स्थानीयवासी निर्मल चन्दले बताउनुभयो । पानीघट्टको आम्दानीले बालबालिकाको पढाइ लेखाइमा समेत सहयोग पुगेको उहाँको भनाइ छ । 

एक दशक अघिदेखि घर नजिकै पानीघट्ट सञ्चालन गर्नुभएका सेरमान खड्का सोचेभन्दा बढी आम्दानी गर्दै आएको बताउनुहुन्छ । “पानीघट्टकै आम्दानीले घरखर्च चलाउन सजिलो भएको छ,” उहाँले भन्नुभयो । यहाँका पानीघट्टमा गहुँ र मकै पिसानी गरेबापत घट्ट सञ्चालकलाई सोअनुसारको पीठो दिने प्रचलन छ । पानीघट्टमा दैनिक २० पाथीभन्दा बढी मकै र गहुँ पिस्ने गरिन्छ । पानीघट्टकै आम्दानीबाट कतिपय घट्ट सञ्चालकले गहुँ र मकै बिक्री गर्ने गरेका छन् । 

नगदेबाली तथा तरकारी उत्पादनका हिसाबले त्रिवेणी गाउँपालिकाको मुरु र पेउघालाई पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । वडा नम्बर ७, ८, ९, र १० का झण्डै एक हजार ८०० घरधुरीले यहाँका पानीघट्टमा गहुँ, मकै र कोदोलगायत अन्न पिस्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै