४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा संविधान दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगीता सम्पन्न

३ आश्विन २०७५, बुधबार ११:३३

असोज ३, सल्यान । संविधान दिवसको अवसरमा सल्यानको कपुरकोट गाउँपालिकाले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाभित्र रहेका माध्यामिक विद्यालयहरुको विचमा भएको हाविरिजवाफ प्रतियोगीतामा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौर प्रथम भएको छ । यस्तै जीवनज्योती मावि रीमले द्धतीय र विरेन्द्र मावि गर्पाले तृतीय स्थान हाँसिल गर्न सफल भएको छ ।


प्रथम, द्धतीय र तृतीय हुने विद्यालयलाइ क्रमशः ३ हजार ५ सय, २ हजार ५ सय, १ हजार ५ सय र प्रमाणपत्र एवम् मायाको चिनो स्वरुप कपुरकोट डायरि प्रदान गरिएको थियो । यस्तै प्रतियोगितामा सहभागी कालिका मावि कपुरकोट र भवानी मावि छायाँनाथलाइ पनि प्रमाणपत्र र डायरि प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारि जीवराज केसीले जानकारि दिएका छन् ।

सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले संविधान कार्यान्वयनमा सबै लाग्नुपर्नेमा जोड दिएका छन् । उनले कपुरकोटका समृद्धि र विकासमा सबै हातेमालो गरि अघि बढ्न आवश्यक रहेको बताए ।

शंकर के सीले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष तिला बुढा मगरले आफुहरु आवश्यक ऐन कानुन हरु निर्माण गर्दै योजनाबद्ध तरिकाले गाउँपालिकाको विकासमा लागीरहेको बताइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेन, ४ का अध्यक्ष हरिलाल पुन, ५ का अध्यक्ष यम कुमार वस्नेत, ६ का अध्यक्ष हेरम बहादुर बुढाथोकी, शिक्षक महासंघ कपुरकोटका अध्यक्ष श्याम कुमार केसी, पत्रकार महासंघ कर्णालिका सदस्य सन्तोष घर्ती लगाएतकाले संविधान दिवसको शुभकामना व्यक्त गरेको थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ