Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दाङमा आफनै बाबुबाट १३ वर्षिया बालिका बलात्कृत

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ६, दाङ |</b> दाङमा आफनै बाबुबाट १३ वर्षिया बालिका बलात्कृत भएकी छन । तुलसीपुर उपमहानगरपालिका–५ की १३ वर्षीया बालिकालाई घरमै पटक–पटक बाबुले बलात्कार गर्ने गरेको तथ्य बाहिर आएको छ । पछिल्लो समय बलात्कारकै कारण योनीमा घाउ आएपछि उपचारका क्रममा आफनै बाबुबाट बलात्कृत भएको&nbsp; खुल्न आएको हो ।&nbsp;<br></p><p>छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालयमा बालिका र बालिकाकी आमाले दिएको उजुरीका आधारमा उनलाई&nbsp; नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।&nbsp;</p><p>अहिले बालिकाको जिल्ला बाहिर उपचार भइरहेको र रिपोर्टमा समेत बलात्कार भएको पुष्टि भएको छ ।&nbsp;&nbsp;</p>