२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेजाब आक्रमणबाट घाइते भएकी सम्झनाको मृत्यु

२०७५, ८ आश्विन सोमबार ०५:५३

असोज ८, काठमाडौँ | तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको छ । 

कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–६ जादवलाल दासका दुई छोरी सम्झना र सुस्मिता दासमाथि गत भदौ २६ गते राति एशिड आक्रमण भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करीब ५० वर्षीय स्थानीयवासी रामबाबु पासवानले उनीहरुमाथि राति घरमा सुतिरहेको बेला एशिड प्रहार गरेका थिए । 

तेजाबले सम्झनाको अनुहारसहित शरीरको अधिकांश भाग जलेको थियो । उनकी बहिनी सुस्मिताको अवस्था भने खतरामुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार एशिडका कारण सम्झनाको कम्मर माथिको अधिकांश भाग जलेको थियो । आक्रमण गरेको आशङ्कामा प्रहरीले जादवलालकै छिमेकी अन्दाजी ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो