२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनाथालय खोजेका वालक तीन दिन देखि अज्ञात, साथीसंग यसो भनेका थिए…

८ आश्विन २०७५, सोमबार १६:४३

प्रेम सुनार | असोज ८, बुटवल | मामा घरमा बसेर पढ्ने रुपन्देही तिलोत्तमा नगरपालिकाका एक बालक शनिवार बिहान ट्युशन पढ्न हिडे देखि बेपत्ता भएका छन । तिलोत्तम–१  मा रहेको दुर्गादत्त शंकरनगर मावि कक्षा १० मा अध्यानरत १५ बर्षिय बालक युनिस गिरी बेपत्ता भएका हुन ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिल्ली मल्लका अनुसार बेपत्ता बालकलाई खोजीका लागि परिवारजनले वडा कार्यालय रामनगरमा   उजुरी दिएका छन । खोजी कार्य तिब्र पारिए पनि फेला पर्न सकेका छैन । गिरी सोही वडाको चपरहट्टी स्थित सानै देखि मामाको घरमा बसेर पढ्दै आएका थिए । शनिवार विहान ७ बजेतिर युनिस निलो जिन्स पाईन्ट , सेत धर्के सर्ट र चप्पल लगाएर ट्युशन पढ्न हिडेका थिए ।

साथीसंग यसो भनेका थिए…

त्यस विद्यालयका पिन्सिपल कृष्णप्रसाद शर्मा संग सम्पर्क राख्दा उनि म्याथ पढाउने टिचरले ट्युशन पढ्न बोलाएर त्यस बिहान आई आठ बजे सकेर हिडेका थिए । शर्मा भन्छन–‘ हामीले कक्षा १० मै पढ्ने उनका साथीहरु संग सोध्यौं ।

उनिहरुका अनुसार उनि  साथीको साईकलमा चढेर बुटवल तर्फ लागेका थिए । उनले बुटवल तिर अनाथ आक्षम छ कि छैन भनेर सोधेका थिए । त्यस पछि उनको अवस्था अज्ञात छ ।’  शर्मा  थप्छन –‘उनकी आमाले उनलाई सानैम छाडेर दोश्रो विवाह गरी अन्यत्रै गएका थिए । त्यस यता उनि मावाली कै शरणमा थिए ।’

 उनको माम घर स्थित ठुली आमा अर्थात उनको आमाको दिदी लक्ष्मी क्षेत्र सग सम्पर्क राख्या त्यस दिन विहान बालक दुध पिएर हिडेका थिए । मामा घरमा हजुर बुवा हजुर आमा  मामा र ठुली आमा बस्दै आई रहेका थिए  ।

उनकी आमाको बिबहा डेढ दशक अघि बुटवल कै कालिका नगरमा भएको थियो । श्रीमानको मृत्यु भए पछि माईतीजनले पोखरामा दोश्रो विवाह गराई दिएका थिए । बालक सानै देखि मामा घरमा बस्दै आई रहेका थिए ।

बालकको घरका हजुर बुवा र उनका बाबु सहित दुबै भाई छोराहरुको मृत्यु भए पछि उनकी हजुर आमा पनि छोरीको घरमा बस्दै आई रहेकी छन । सबैले माया गरेकै थियो र कहिल्लै नराम्रो बचन पनि बोल्दैन्थ्यौं , खै किन अनाथ आश्रम खोजेको होला उसले साथीहरुलाई त्यसो भनेको भन्ने मैले पनि त्यही सुन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य