२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको नैन्ही गाउँमा झाडापखालाको प्रकोप फैलिँदै

२०७५, ९ आश्विन मंगलवार ०५:५१

असोज ९, गौशाला | महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालाको प्रकोप फैलिँदै गएको छ । अहिलेसम्म नैन्ही गाउँको मुसलमान टोलमा २३८ जनामा झाडापखाला देखापरेको छ । दैनिक रूपमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरका अनुसार नैन्ही गाउँमा गत भदौ २९ गते एकै पटक ४१ जनामा झाडापखाला देखिएको हो । गत भदौ ३० गते उपचारका लागि भारत लगिएका स्थानीयवासी चार वर्षीया खुश्वु खातुनको मृत्यु भएको थियो । अहिले जिल्ला अस्पतालमा २० जना बिरामीको उपचार भइरहेको छ भने २१८ जनाको स्थानीय मदरसामा राखेर उपचार भइरहेको छ । 

अहिले नैन्ही गाउँमा जिल्ला स्वास्थ्य कार्यालयको औषधिसहितको टोली क्याम्प स्थापना गरी उपचार गरिरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा राजीव झाका अनुसार सो गाउँका २०० भन्दा बढी परिवार झाडापखालाबाट प्रभावित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै