२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमका ५ गाविस पुर्ण सरसफाईयुक्त वन्दै

१४ बैशाख २०७३, मंगलवार १२:३४

गणेश सिर्पाली, वैशाख–१४, रुकुम । रुकुम जिल्लाका ५ गाविसलाई सन् २०१६ भित्र पुर्ण सरसफाई युक्त घोषणा गरिने भएको छ । जिल्लाका चौखावाङ, स्यालापाखा, रुघाँ, मुरु र सिम्लीलाई यसैवर्ष भित्र पुर्ण सरसफाई युक्त गाविस घोषणा गरिने भएको हो ।

जिल्ला खुला दिसा मुक्त घोषणा भैसकेको अवस्थामा जिल्लालाई पुर्ण सरसफाई युक्त बनाउने लक्ष अनुशार पहिलो चरणमा ५ गाविसलाई छनौट गरिएको हो । पुर्ण सरसफाईका ६ ओटा सुचक मध्य चर्पी निर्माण भई प्रयोग भैरहेको र अन्य सुचकहरु पुरा गर्दै उक्त गाविसहरुलाई पुर्ण सरसफाई युक्त घोषणा गरिने छ ।

व्यक्तिगत सरसफाई, न्युनतम आवश्यक तथा सुरक्षित पानीमा पहँुच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, सफा र स्वच्छ आँगन र वातावरणिय स्वास्थ्यमा पुर्ण रुपमा सुधार आएमा पुर्ण सरसफाई युक्त क्षेत्र घोषणा गर्ने प्रावधान रहेको छ । अहिले सम्म मुसिकोट नगरपालिका १ को चन्दननाथ टोल र सल्ले माथीगाउँ गरी २ ओटा टोल मात्र पुर्ण सरसफाई युक्त घोषणा भएका छन् ।

जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले मुसिकोटमा पुर्ण सरसफाई सम्वन्धी पत्रकारहरुको लागी कार्यशाला गोष्ठीको आयोजना गरी सन् २०२० सम्ममा जिल्लालाई पुर्ण सरसफाई युक्त बनाउने लक्ष रहेको र यो वर्ष ५ गाविस पुर्ण सरसफाई युक्त बनाईने जानकारी गराएको हो ।

गोष्ठीमा सहभागी पत्रकारहरुले सरसफाई प्रवद्र्धनमा पत्रकारहरुको भुमिका र पुर्ण सरसफाई युक्त गाविस घोषणाको कार्ययोजना बनाएका छन् । २ समुहमा विभाजन भई बनाईएको कार्ययोजना जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिको बैठकमा पेश गरिने छ । कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले जिल्लालाई खुला दिसा मुक्त बनाउन पत्रकारहरुले खेलको भुमिका महत्वपुर्ण रहेको भन्दै जिल्लालाई तोकिएको समयमै पुर्ण सरसफाई युक्त जिल्ला बनाउन पनि पत्रकारहरुको भुमिका महत्वपुर्ण हुनुपर्ने बताएका थिए । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं स्थानिय विकास अधिकारी भरत कुमार शर्माको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

गोष्ठीमा जिल्ला शिक्षा अधिकारी रामलाल खड्का, देविदल गणका सेनानी रुद्र गुरुङ, प्रहरी नायव उपरिक्षक रुपेश खड्का, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत चिन्तामणी दाहाल, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त प्रमुख दिनेश अधिकारी लगाएतको आतिथ्यता रहेको थियो । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रुकुमेली समाज विकास केन्द्र, एसएनभी नेपालको सहयोगमा संचालित गोष्ठीको सहजिकरण रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र केसीले गर्नुभएको थियो । कार्यक्रमको संचालन जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका नायव सुब्वा पुर्ण वहादुर बिष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान