२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

सत्य तथा वेपत्ता छानविन आयोगमा अहिले सम्म रुकुमवाट १०५ उजुरी

२०७३, १४ बैशाख मंगलवार १२:३५

गणेश सिर्पाली । वैशाख–१४, रुकुम । सत्य निरुपण तथा वेपत्ता छानविन आयोगमा रुकुमबाट अहिले सम्म १०५ ओटा उजुरी दर्ता भएका छन् । सोमबार सम्म सत्य निरुपणमा ९८ र बेपत्ता छानविन आयोगमा ७ ओटा गरी कुल १०५ ओटा उजुरी दर्ता भएको स्थानिय शान्ती समितिका कार्यालयका सचिव राजु लामिछानेले जानकारी दिनुभयो ।

सोमबार मात्र सत्य निरुपणमा ५० ओटा र वेपत्ता छानविन आयोगमा २ ओटा गरी ५२ ओटा उजुरी दर्ता भएका छन् । यसैविच खारा गाविसका पिडितहरुले सामुहिक रुपमा शान्ती समितिमा पुगी उजुरी दर्ता गराएका छन् । गाविसका करिब ४० पिडितले उजुरी दर्ता गराएको बताईएको छ । मानव अधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र (हरप्लेस)रा सञ्चालित संक्रमणकालीन न्याय र शान्ति निर्माणका लागि स्थानीय क्षमता विकास कार्यक्रम अन्तर्गत गठन गरिएको गाविस स्तरीय संक्रमणकालीन न्याय तथा शान्ति मञ्चको नेतृत्वमा उनीहरुले उजुरी दर्ता गराएका हुन् ।

केहीदिन अघि खाराको खुम्चेरीमा बसेको मञ्चको बैठकको निर्णय अनुसार उजुरी दर्ता कार्यमा मञ्चका संयोजक चन्द्रबहादुर खड्का, अन्य सदस्य र गाविस स्थित पीडितहरुको सहभागिता रहेको हरप्लेसका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले जानकारी दिनुभयो । २०५६ फाल्गुन १० गते तत्कालीन राज्य पक्षद्वारा सामुहिक हत्या गरिएका र घर आगलागीमा परेका पडित परिवार लगाएतले उजुरी दर्ता गरेको केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै