२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जटिल प्रकारका रोगीलाई राहत

१० आश्विन २०७५, बुधबार ०४:५०

असोज १०, घोराही | सरकारले विपन्न परिवारको लागि भनेर विभिन्न प्रकारका जटिल रोगको उपचारको लागि राहत दिन थालेको छ । देश भरका विभिन्न अस्पताललाई सूचीकृत गरी क्यान्सर, ब्रेन ट्युमर, मुटु रोग, अल्जाइमर, थालेसिमिया, मिर्गौला, सिकलसेल, स्पाइनल इन्जुरीलगायत रोगका बिरामीलाई उपचारको लागि सिफारिश गर्ने गरेको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासन शाखा अधिकृत मीनराज पाण्डेका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि चालू आवको असोज पहिलो सातासम्म जिल्ला जनस्वास्थ्य कार्यालयबाट विभिन्न रोगका ५४० बिरामीले उपचार पाएका छन् । अल्जाइमरको एक जना, क्यान्सरको २००, थालेसिमियाको एक, बे्रन ट्युमरको पाँच, मुटु रोगको ७८, मिर्गौलाको ६१, सिकलसेलको ३६, स्पाइनल इन्जुरीको आठ तथा हेडइन्जुरीको १२ बिरामीको उपचार गरिएको छ । उपचार गराउनेमा २९४ पुरुष र २४६ महिला रहेका छन् । 

बिरामीले कम्तीमा रु एक लाखसम्मको निःशुल्क उपचार सेवा पाउने गरेको शाखा अधिकृत पाण्डे बताउनुहुन्छ । सो उपचार पाउन आफू बसिरहेको स्थानीय तहबाट विपन्न परिवार भएको सिफारिश, नागरिकता, जिल्ला बाहिरबाट आएको भए बसाइँसराइको कागज, बालबालिकाको भए जन्मदर्ता, अभिभावकको नागरिकता, रोग पहिचान भएको अस्पतालको सिफारिशसहितको कागजात आवश्यक पर्छ । ती सबै कागजपत्र जिल्ला जनस्वास्थ्य कार्यालयमा बुझाएपछि तोकिएको र पाएक पर्ने अस्पतालबाट बिरामीले निःशुल्क उपचार गराउन सक्ने व्यवस्था छ । 

हाल सरकारले निःशुल्क उपचारका लागि काठमाडौँस्थित वीरअस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कान्तीबाल अस्पताल काठमाडौँ, गङ्गालास राष्ट्रिय हृदय केन्द्र बासबारी, निजामती कर्मचारी अस्पताललगायतका देशभरका ७६ स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । 

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अञ्चल अस्पताल पनि सरकारको सूचीकृत स्वास्थ्य संस्थामा छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिकलसेल र डायलाइसिस सुविधा मात्र उपलब्ध छ । विपन्न परिवारको लागि भनेर ल्याएको उक्त सेवामूलक निर्देशिकालाई जिल्ला जनस्वास्थ्य एवं स्थानीय निकायले व्यापक बनाउन सकेका छैनन् । जिल्लाबाट उक्त सेवाको सिफारिश पाउने बिरामीको सङ्ख्या न्यून छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो