२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको राजपुर गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

२०७५, १० आश्विन बुधबार ०७:४७

असोज १०, लमही | दाङको बिकट क्षेत्रको एक विद्यालयमा कम्प्युटर र सोलार जडान गरिएको छ । राजपुर गाउँपालिकाको गौरीशङ्कर आधारभूत विद्यालयलाई गाउँपालिकाले सीमा विकास कार्यक्रमअन्तर्गत रु नौ लाख बराबरको दुई किलोवाटको सौर्य ऊर्जा, चारवटा कम्प्युटर, दुईवटा ल्यापटप, एउटा प्रिन्टरलगायतका सामान विद्यालयलाई उपलब्ध गराएको हो । 

कम्प्युटर जडानसँगै विद्यार्थीलाई कम्प्युटरमा पठनपाठन गराउन सहज हुने विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर बिकले बताउनुभयो । विद्यालयमा सुनपथरी नाका, सुकैया नाका, खिड्की नाका, सिमगजमरी र भैसाही नाकाबाट विद्यार्थीहरु पढ्न आउने गर्छन् । 

सडक, विद्युत् र सञ्चारको पहुँचदेखि टाढा रहेको उक्त विद्यालयमा कम्प्युटर शिक्षामा टेवा पुग्ने उद्देश्यले कम्प्युटर वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताउनुभयो । यातायात समस्या भएकाले खरिद गरिएको सामान विद्यालयसम्म पुर्याउन बाँकेको राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका हुँदै भारतको भिन्नगा, सिरसिया हुँदै भैसाही नाकाबाट ढुवानी गर्नु परेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै