२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुटोको प्रहार गरी आफ्नै श्रीमानद्वारा श्रीमतीको हत्या

१० आश्विन २०७५, बुधबार १०:१७

प्रेम सुनुवार | असोज १०, बुटवल | बाँके जिल्लामा मदिराको उन्मादमा श्रीमानले निर्घात कुटेर श्रीमतीको ज्यान लिएका छन् ।  सोमबार राती सवा १२ बजेको समयमा जानकी गाउँपालिका–६ बस्ने ३५ वर्षीय प्रेम गिरीले २९ वर्षीया श्रीमती जानकी गिरीलाई कुटोले टाउकोमा प्रहार गरी ज्यान लिएका हुन । 


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौड्यालका अनुसार गम्भीर घाईते जानकीलाई नेपालगञ्ज नर्सिङ्ग अस्पतालमा उपचार्थ भर्ना गरिएकोमा आज बिहान ज्यान गएको हो । श्रीमती कुटेर फरार गिरी फेला परेका छैनन् । त्यसरात श्रीमतीलाई कुटोले निर्घात कुटेर फरार रहेका गिरीको खोजी भैरहेकोे एसपी पौड्यालले  जानकारी दिए । 

अन्दाजी ५ फिट ८ ईन्च अग्ला, गहुँ गोरो र  मोटो–घाटो शरीर भएका उनलाई  देख्नु हुने जो कोहीले बाँके जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा गोप्य रुपमा सुचना दिन समेत प्रहरी प्रमुख पौड्यालले आग्रह गरेका छन् ।  उनी भारततर्फ  छिरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । 

कोहोलपुर क्षेत्रमा बसोबास गर्ने उनी स्थायीबासी हुन वा डेरा गरी बसेका हुन् यसबारे  अनुसन्धान भई रहेको समेत एसपी पौड्यालले बताए ।  उनका दुई सन्तान समेत रहेका छन् । बाबु फरार र आमाको मृत्यु भएपछि बालबालिकाको बिचल्ली भएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो