४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोटका ६ विद्यालयमा पुस्तकालय स्थापना

१० आश्विन २०७५, बुधबार १५:५३

असोज १०, सल्यान | सल्यानको कपुरकोट गाउँपालिकामा ६ वटा पुस्तकालय स्थापना भएका छन् । गाउँपालिकाभित्रका ६ वटा सामुदायीक विद्यालयमा साक्षरता कार्यक्रम अन्तर्गत पुस्तकालय स्थापना भएका हुन् ।

कपुरकोट गाउँपालिकाको समन्वय तथा रुम टू रिड कार्यक्रमको सहयोगमा दलित विकास समाज सल्यानले सञ्चालन गरिरहेको साक्षरता कार्यक्रम अन्तर्गत पुस्तकालय स्थापना गरिएको साक्षरता कार्यक्रमका जिल्ला संयोजक टेकराज शाहीले जानकारि दिएका छन् ।


यस क्रममा बुधबार कालिका मावि कपुरकोटको पुस्तकालय गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका छन् । सो क्रममा उनले मानिसलाइ ज्ञानको महासागरमा पुर्याउन र शशक्त बनाउन पुस्तकको महत्व रहेको बताए । अध्यक्ष सेनले गाउँपालिकाभित्र रहेका पुस्तकालयहरुमा पुस्तकको संख्या थप्दै लैजाने पनि प्रतिवद्धता जनाए । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्रविर कवरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण भण्डारी, शिक्षक महासंघ कपुरकोट गाउापालिकाका अध्यक्ष श्याम कुमार केसी, रुम टू रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रलेलले बोल्दै एक ठाउँमा बसेर अनेकथरि ज्ञान प्राप्त गर्न सकिने भएकाले पुस्तकालयको महत्व निकै रहेको बताएका थिए ।


कार्यक्रममा पत्रकार महासंघ कर्णालि प्रदेशका सदस्य सन्तोष घर्ती, महासंघकै सल्यान जिल्ला सचिव शंकर के सी, नेपाल राष्टिय शिक्षक संगठन कपुरकोटका अध्यक्ष पदम खड्का, कालिका माविका प्रअ कुल बहादुर बुढा लगाएतको सहभागीता थियो । शिक्षक मधुसुदन गिरीले सहजीकरण गरेको कार्यक्रममा चुडामणि केसीले स्वागत मन्तव्य राखेका थिए । विभिन्न प्रतियोगीता र क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाइ सो अवसरमा पुरस्कृत पनि गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ