४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्लीबजारमा खानेपानीको अभाव

१० आश्विन २०७५, बुधबार १६:०८

मिना खड्का | असोज १०, सल्यान | सल्लीबजारमा खानेपानीको अभाव भएको छ । वर्षायाममा पनि यहाँका स्थानीयले खानेपानी समस्या भोग्नु परेको गुनासो गरेका छन् । बर्षायाममा पनि यहाँका स्थानीयले प्रति घर दैनिक ३० लिटर पानीले सबै काममा पु¥याउनु परेको परेको दुखेसो गरेका छन् ।

चालु आर्थिक वर्षमा सल्लीबजार बासीले नगनरपालिकालाई ४० लाख भन्दाबढी कर तिरे पनि  बजारबासीले पानीको संकट व्यहोर्नु दुखद भएको स्थानीय व्यापारी गणेश वुढाले बताए । सल्लीबजारको लिफ्ट खानेपानीको ५ करोड भन्दा बढीको आयोजनाको काम उपभोक्ता समिती विवादका कारण ओझेलमा परेको छ । उक्त खानेपानी आयोजनाको रकम उपभोक्ता समिती विवादले गर्दा काम नहुने छनक देखिएको छैन ।

पुरानै मुहानको पानी मर्मत र तत्काल बजारमा खानेपानी आपुर्तीका लागि इनारबाट पानी तान्नको लागि नगरपालिकाको ३ लाख ५० हजार खर्च भएको छ । बजारमा आपुर्ती भएको पुरानो खानेपानीको पाईप लाईन मर्मतमा समेत नगरले ७० हजार खर्चेको छ । उक्त काम समेत राम्रोसँग नहुँदा मुहानको पानी हाल आएर बन्द रहे पछि ७० हजार कहाँ र कसरी खर्च भएको हो भनेर आमनागरिकले चासो व्यक्त गर्न थालेका छन् ।


बजेट अभावका कारण इनारबाट पानी निकाल्ने कार्य सफल नभएको उपभोक्ता समितिका अध्यक्ष शिव ओलीले बताए । प्राविधिकले त्रुटिपुर्ण प्राविधिक इष्टमेट बनाएर रकम अपुग भएकोले उक्त आयोजना असफल भएको उनले बताए । नगरका प्राविधिकले भने ७० हजारले यहाँका स्थानीय व्यक्तीले इनारबाट पानी तानेर उपयोग गरिरहेका छन् भने २ लाख ८० हजार बराबरको रकमले ३ वटा मोटरबाट पुरानै ट्याङ्कीमा पानी खसाउन सकिने गरि इष्टमेट तयार गरेको दावी गरेका छन् ।

नगरले बजारबासीको मागलाई तत्काल मध्यनजर गरेरे छोटै समयका लागि भनेर बजेट विनियोजन गरेको छ । काम अलपत्र रहे पनि नगरपालिकाले कामको जिम्मा लगेका बजार व्यवस्थापन समितीका अध्यक्ष वलीलाई भने काम अधुरै रहेकोले २ लाख ७ हजार मात्रै भुक्तानी दिएको बताइएको छ । बर्षातमै बजारबासीले खानेपानीको चरम संकट झेलिरहँदा समेत यसप्रति जनप्रतिनिधीले बेवास्ता नगरेको बजारबासीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ