४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखा भीमेश्वर–२ फुलपाका सिङ्गो गाँउवासीकै घर पुनःनिर्माण हुन सकेन

११ आश्विन २०७५, बिहीबार ०३:१४

असोज ११, चरिकोट | दोलखाको भीमेश्वर नगरपालिका–२ फुलपाका जग्गाबिहीन सीमान्तकृत समुदायका भूकम्पपीडितले भूकम्प गएको तीन वर्ष हुँदासम्म घर निर्माण गर्न पाएका छैनन् । वर्षौदेखि अर्काको जग्गा कमाएर बस्दै आएका उक्त समुदायका ६४ घर परिवारले आफ्ना नाममा लालपुर्जा नभएकै कारण घर निर्माण गर्न नपाएका हुन् । 

घर निर्माणका लागि नक्सापास अनिवार्य गरिएको र यसका लागि आफ्नो नाममा लालपुर्जा नभएका कारण नगरपालिकाले नक्सापास नगरेको स्थानीयवासी प्रतिमा योगीले बताउनुभयो । पुनःनिर्माण प्राधिकरणले जारी गरेको लाभग्राही सूचीमा ६४ जनाकै नाम भए पनि लालपुर्जा नभएका १९ घरपरिवारले पुनःनिर्माणसम्बन्धी कुनै पनि सहायता पाएका छैनन् भने बाँकीले मञ्जुरीनामा पाएकाले केही सहायता पाएका छन् ।पीडित मोहन योगीले हामीले किन सरकारी अनुदान पाएनौं र हामी कहिलेसम्म चिसो कटेरोमा बस्नुपर्ने हो भन्ने चिन्ता व्यक्त गर्नुभयो । 

जिल्ला मालपोत कार्यलयका प्रमुख मालपोत अधिकृत गोबिन्द अधिकारीले फुलपावासीको मालपोतमा कुनै पनि कागजात नभएकाले मोही र तल्सिङको सहमतिबाट समस्या समधान गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका जिल्ला अधिकृत रीता लम्सालले जग्गाबिहीन भूकम्पपीडितका लागि राज्यले जग्गा खरिद गर्न थप रु दुई लाख दिने व्यवस्था गरेको जानकारी गराउँदै उनीहरुका लागि जग्गा उपलब्ध गराउन आ–आफ्ना क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ