२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वर देखिएको पखाला प्रकोपको कारण: ब्याक्टेरिया र कोलिफर्म

२०७५, १४ आश्विन आईतवार ०६:२९

असोज १४, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ । 

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने गरी फैलिएको पखालाको प्रकोपको कारण उनीहरुले पिउने पानीमा दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफर्म रहेको पत्ता लागेको सार्वजनिक गरेको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य टोलीले नैन्ही गाउँबाट पानीको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा पठाएकामा त्यहाँबाट आएको ल्याब रिपोर्ट सार्वजनिक गर्दै नैन्ही गाउँका स्थानीयवासीले पिउने खानेपानी (चापाकल) नजीकै जम्ने पानीमा दिसा रहेको र त्यही दिसा चापाकलमा मिसिएको जनाइएको छ । 

स्थानीयवासी करीब ३०० परिवारले पिउने पानीको एउटै स्रोत चापाकलमा दिसा मिसिएको भेटिएपछि स्वास्थ्यकर्मीले त्यहाँका बासिन्दाले त्यस चापाकलबाट पानी खान बन्द गराएको छ भने उनीहरुले पानीको अन्य स्रोत खोजेर पानी खान सल्लाह दिइएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताउनुभयो । 

नैन्ही गाउँमा भदौ २९ गते एकैसाथ ४१ जनामा पखालाको प्रकोप शुरु भएर ३०० व्यक्तिमा फैलिएको थियो भने एक बालिका र एक वृद्धा गरी २ जनाको मृत्युसमेत भएको थियो । अहिले त्यहाँको पखाला नियन्त्रणमा आएको छ भने त्यहाँ अझै पनि स्वास्थ्य शिविर सञ्चालनमा राखेर प्रभावितहरुको उपचार भइरहेको जिल्ला स्वाथ्य कार्यालयका प्रमुख राजीव झाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै