२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मातपोत प्रवेशमा लेखपाढी व्यवसायीलाई रोक

१४ आश्विन २०७५, आईतवार १४:४०

असोज १४, सुर्खेत । मालपोत कार्यालय सुर्खेतले कार्यालय परिसरमा बस्दै आएका लेखापढी व्यवसायीहरुलाई आइतबारदेखी प्रवेशमा रोक लगाएको छ । भूमि व्यवस्था तथा अभिलेख व्यवस्था विभागले मालोपत कार्यालय परिसरमा बस्दै आएका लेखापढी व्यवसायीहरुलाई हटाउन परिपत्र गरेपछि उनीहरुलाई आइतबारदेखी प्रवेशमा रोक लगाइएको हो । 

विभागले यसअघि नै कार्यालयलाई दश वुदे निर्देशन पठाइएको थियो । मालपोत कार्यालयमा अनाधिकृत व्यक्तिलाई कार्यालय प्रवेशमा रोकदेखी टोकन प्रणाली लागु गर्नसम्मका निर्देशन विभागले पठाएको पत्रमा उल्लेख छ । मालपोत कार्यालय सुर्खेतका प्रमुख लक्ष्मीकुमार विश्वकर्माले पनि कार्यालय परिसरमा बस्दै आएका लेखापढी व्यवसायीहरुलाई हटाएको जानकारी दिए । उनले तत्कालका लागि लेखापढी व्यवसायीहरुको भवनको ढोका पश्चिमबाट खोलेर काम गर्न निर्देशन दिएको बताए । दलाली र विचौलियाहरुका कारण सेवाग्राहीहरुले प्रत्यक्ष रुपमा कर्मचारीसंग भेट नगरेर काम गर्नु पर्ने अवस्था नआहोस् भन्न व्यवसायीहरुलाई हटाइएको उल्लेख गरे । ‘कार्यालय अघि सशस्त्रको क्याम्प र सडक किनारामा बस्दा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ’ कार्यालय प्रमुख विश्वकर्माले भने, ‘प्रमुख जिल्ला अधिकारी, लेखापढी व्यवसायीहरु र कार्यालयविच तत्कालका लागि सहज रुपमा काम गर्ने वातावरण तय गर्ने विषयमा छलफल भएपनि दिर्घकालिन रुपमा उनीहरुलाई कार्यालय परिसरमा बस्न भने दिँदैनौं ।’


कार्यालय परिसरबाट हटाइएका व्यवसायीहरु सडक किनारामा बसेपछि ट्राफिक प्रहरीले त्यहाँबाट समेत हटाइएको थियो । विभागले सेवाग्रही मात्रै कार्यालयमा प्रवेश गर्न पाउनु पर्ने, लेखापढी व्यवसायीहरुले कार्यालय परिसर बहिरबाटै सेवा प्रवाह गर्नुपर्ने, व्यवसायीहरुले अनिवार्य रुपमा परिचयपत्र लगाएर कार्यालयको शुरुको प्रवेश विन्दुमा मात्र जान पाउने, उनीहरुको सम्पूर्ण विवरणमा सम्वन्धित कार्यालयमा दर्ता भएको हुनुपर्ने उल्लेख छ । यस्तै, लेखापढी व्यवसायीहरुले लिनुपर्ने शुल्क रकम जिल्ला न्याय क्षेत्र समन्वय समितिले निर्धारण गर्नुपर्ने, कार्यालय परिसरमा रहेका लेखापढी व्यवसायीहरुका संरचना कार्यालय मातहतमा ल्याइने, सेवाग्राहीहरुका लागि फाँट अनुसार टोकन प्रणालीको व्यवस्था गर्न मातहतका कार्यालयलाई विभागले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा