२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै परिवारका चार जनाको हत्याकाण्ड: आफ्नै ससुराद्वारा योजानाबद्ध हत्या

१५ आश्विन २०७५, सोमबार ०६:०५

प्रेम सुनार | असोज १५, बुटवल । प्रदेश ५ को प्रहरीले नेपालगञ्जमा १३ बर्ष अघिको चर्चित सुनचाँदी ब्यबसायी  दिपक हेमकार परिबारका चार जना  हत्या काण्डका मुख्य योजनाकारलाई पक्राउ गर्न सफल भएको छ । मुख्य योजनाकार हेमकारका आफ्नै ससुरा किशोरलाल सोनी भएको खुलेको छ ।

२०६२ साल फागुन २३ गते नेपालगञ्जको सदरलाईनमा ८२ बर्षिय गुलावदेवि हेमकार, ६२ बर्षका जगदेव हेमकार , ४२ बर्षकी सीता देवि हेमकार , ३२ बर्षका दिपक हेमकार र बाँके कुसुमका कामदार राम शनिच्चर चौथरी सहित पाँच जनाको घाँटी रेटेर हत्या गरिएको थियो ।


प्रदेश प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्व्यमा मृतक दिपकका ससुरा किशोरलाल सोनीलाई मुख्य योजनाकारका रुपमा १३ बर्ष पछि पक्राउ गर्न सफल भएको हो । बाँके जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौड्यालका अनुसार दिपकका ससुरा किशोरलालले आर्थिक कारणबाट  ज्वाँई सहित एकै परिवारका चार जना र एक जना कामदारको समेत हत्या गर्ने योजना बनाएको खुलेको छ ।

किशोरलालले सुरुमा अर्काकोमा सुन चाँदीको  मिस्त्रीका रुपमा काम गर्थे ।  नरसंहार हत्या काण्डा पछि उनि लखनउको प्रियादर्शन कोलोनीमा बसोबास गर्दै त्यसको भुई तलमा ‘दीप ज्वैलर्स’ सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । दिपक हेमकार संग उनकी छोरी दीपाको विवाह भएको एक बर्ष पछि जघन्य हत्या काण्डा घटाईएको थियो ।

श्रीमान सहित पाँच जनाको हत्या पछि उनकी श्रीमति दीपाले  दुई बर्ष पछि जम्मा ८७ लाखमा दिपकको सबै सम्पत्ती बेचेर  भारत तिर बेपत्ता भएकी थिईन । बाँके प्रहरी प्रमुख पोखरेलले उनको खोजी कार्य भई रहेको बताए । त्यति बेला माओवादी जनयुद्ध र संकटकाल लागेको बेला सेना सहित सुरक्षा निकायको बाक्लो उपस्थितीका बाबजुद पनि ब्यस्त नेपालगञ्ज बजारको माथील्लो तलामा रहेको सुन चाँदी पसलमा तिन जनाको समुह प्रबेश गर्दै  ५ जनाको हत्या गरी २९ लाख बराबरको सम्पत्ती लुटिएको थियो । 

त्यस राती सेनाको गस्ती भई रहेको थियो । अपराध अनुसन्धान विभागले कुकुर सहितको टोली झिकाएर अनुसन्धान गर्दा पनि अपराधीहरु पत्ता लगाउन सकेको थिएन । तत्कालिन अञ्चल प्रहरी  प्रमुख  राजेन्द्र सिंह भण्डारीले त्यस घटनाको अनुसन्धान गरेका थिए ।  लामो समय सम्म घटनाका अपराधी पत्ता नलागे पछि फाईलनै बन्द गरिएको थियो ।

लामो समय देखि बन्द फाईल रहेको  रहस्यमय त्यस चर्चित हत्या काण्डलाई कार्यभार सम्हालेको दिन देखि  प्रदेश प्रहरी प्रमुख  डिआईजी शेरबहादुर बस्नेतले आफ्नो पहिलो मिशन बनाउँदै आएका थिए । त्यस मिशनमा उनले बाँके प्रहरी प्रमुख पोखरेल लगायत मातहतका पुरै  टिमको साथ लिदै आएका थिए ।

अन्ततः बन्द फाईल र  सर्वसाधरणमा गुमनाम बनेको १३ बर्ष पछि हत्याको मुख्य योजनाकार  पत्ता लगाए । यति बेला नेपालगञ्जबासीमा खुशी छाएको छ ।  हत्यामा संग्लग्न दिपककी श्रीमति दीपा सहित  अरु संलग्नहरुको  खोजी कार्य तिब्र पारिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सम्पत्ती कै कारण एक बर्ष अघि छोरी दीपा संग बिबाहको नाटक र पुरै परिबारको बंशनास गर्ने ससुरा किशोरलाल अहिले बाँके प्रहरी हिरासतमा छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य