२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

४ दिन अघि अर्धनग्न फेला परेको महिलाको शवको पहिचान हुन् सकेन्

१५ आश्विन २०७५, सोमबार ०८:५६

असोज १५, रुकुम पश्चिम | रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ११ स्थित ठूली भेरी नदीमा चार दिनअगाडि फेला परेकी एक महिलाको शव अझैसम्म पहिचान हुन सकेको छैन। वडा नं ११ को रिठा भन्ने ठाउँमा असोज १२ गते अन्दाजी ३५/३६ वर्षकी महिलाको शव फेला परेको थियो।

दुवै हात ग्याबिङ तारले बाँधेको र अर्धनग्न अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले जानकारी दिए। शव सड्ने अवस्थामा पुगिसकेकाले केही दिनअघि नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

गहुगोरो वर्ण, ५ फिट उचाइ, मङ्गोलियन जस्ती देखिने, तामाङ जातिको पहिरन भएकी मृतकको बारेमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले सबैमा अनुरोध गरेको छ। उक्त शव पश्चिम रुकुम जिल्ला अस्पतालमा राखिएको छ।

शवको पहिचान नहुँदा शव परीक्षण गर्न समस्या भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य