2026-09-14 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्या प्रकरण: फेरी आन्दोलनमा होमीदै महेन्द्रनगर

भुवन भट्ट | असोज १६, कञ्चनपुर | महेन्द्रनगर निर्मला हत्याकाण्ड भएको ६८ दिन बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै कञ्चनपुर आन्दोलनमय बनेको छ । नेविसंघले मंगलबार बिहानै देखि बिभिन्न ठाउँमा टायर बाली बिरोध प्रर्दशन गरेको हो ।

 नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले निर्मला पन्तको बलात्कार र हत्या घटनाको अहिलेसम्म पनि प्रहरीले अपराधी पक्राउ गर्न नसकेको र अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने प्रहरीका अधिकृतहरु समेतलाई कारबाही गर्न भन्दै एकदिने कञ्चनपुर बन्द गरिएको बताए । आन्दोलनमा नागरीक दवाव समुहले पनि सहयोग गरिरहेको छ । महेन्द्रनगर बर्ष पार्कदेखि सुरु भएको आन्दोलन पुरै बजार परिक्रमा गर्नै उनको भनाई छ । बिहानै देखि सुरुभएको आन्दोलन साझँ सम्म हिसांत्मक रुप लिने पनि कतिपयको बुझाई छ । नागरीक दवावमुलक समुहकि संयोजक मिना भण्डारीले गत शुक्रबार सार्वजनिक गरिएको डिएनए रिपोर्टमा आफुलाई संकालागेको बताउदै सरकारले नै वास्तबिक हत्याराको बचाउ गरिरहेको बताईन् । प्रहरीले प्रारम्भिक चरणबाटै प्रमाण नष्ट गरेका बताउदै वास्तबिक हत्यारा सार्वजनिक नगरुञ्जेल आन्दोलन जारिरहेने बताईन् । आन्दोलनका कारण जनजिवन प्रभावित भएको छ । आन्दोलनले पुरै बजार बन्द गरिनुका साथै यातायातका साधनपनि ठप्परहेका छन् ।

 नेपालीहरुको महान तिहार बडादशै पनि नजिकिदै गर्दा महेन्द्रनगर आन्दोलनमय बन्दै गएको प्रति कतिपयले आपत्ति जनाएका छन् । स्थानिय राम भट्टले सरकारले ६८ दिन बितिसक्दा पनि हत्यारा सार्वजनिक गर्नुको साटो अनेक बाहानाबाजि गरि १० वर्ष १२ वर्ष लाग्ने बताईरहदा महेन्द्रनगर तनावग्रस्त बन्दै गएको बताए । सरकारले यथा सिघ्र हत्यारा पत्ता नलगाएमा महानचाड बडादसैमा पनि मनाउन नपाइने प्रति चिन्ता व्यक्त गरेका छन् । अर्का स्थानिय कृष्ण सिङऐरले तिजमा पनि महिला दिदीबहिनीहरु आन्दोलनमै रहदा उपवास रहेका दिदीबहिलाई आन्दोलनप्रभाव पारको बताउदै अब बडादशै , तिहार पनि मनाउन नपाईनेहोकि भन्नेमा डर लागेको बताए । 

सरकारले महान चाड बिजया दसमि पुर्वनै हत्यारा सार्वजनिक गरि महेन्द्रनगरबासिलाई न्याय दिलाउनु पर्नै उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ