२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा दशैँ अघि नै सामाजिक सुरक्षा भत्ता वितरण गरिदै

२०७५, १६ आश्विन मंगलवार ०६:५४

असोज १६, सल्यान । सल्यानमा स्थानीय तहहरुले दशैँ अघि नै सामाजिक सुरक्षा वापतको रकम प्रदान गर्ने प्रयासमा जुटेका छन् । जिल्लाको कपुरकोट गाउँपालिकाले भने सामाजिक सुरक्षा वापतको रकम सोमबार नै सम्बन्धीत वडा कार्यालयहरुमा पठाइसकेको जनाएको छ । यद्यपी कतीपय स्थानीय तहले समयमै रकम निकासा नगर्दा सैसा लिएर दशै मनाउने नागरिकको चाहना अधुरै रहने देखिएको छ ।

कपुरकोट गाउँपालीकाले यस आर्थीक वर्षको पहिलो चौमासिकका लागी सामाजिक सुरक्षा वापतको रकम ६२ लाख ३६ हजार ४ सय रुपैयाँ ६ वटै वडा कार्यालयहरुको खातामा जम्मा गरिसकेको लेखापाल बरुण डाँगीले जानकारि दिएका छन् । वडा कार्यालयको खातामा सामाजिक सुरक्षा वापतको रकम गइसकेकाले तुरुन्तै निकालेर घटस्थापना अघि नै नागरिकलाइ सरल तरिकाले वितरण गर्न गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले वडा सचिवहरुलाइ निर्देशन गरेका छन् । अध्यक्ष सेनले भने, ‘जेष्ठ नागरिक, एकल महिला, दलित बालबालिका लगायतले सामाजिक सुरक्षा भत्ता दशैँ अघि नै पाउन भनेर हामीले प्रक्रिया पुरा गरेर सम्बन्धीत वडामा रकम पठाइसकेका छौँ । वडा सचिवहरुलाइ छिट्टै रकम निकालेर वितरण गर्न निर्देशन दिन चाहन्छु ।’


यस्तै त्रिवेणी गाउँपालिकाले पनि दशै अघि नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रयासमा रहेको जनाएको छ । यद्यपी त्रिवेणीले हाल सम्म पनि वडामा रकम पठाउन सकेको छैन । त्रिवेणी गाउँपालिकामा १३ सय बढिले सासु भत्ता पाउने गरेको जनाउँदै प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले एक वर्षमा २ करोड बढि रकम वितरण हुने गरेको जनाए । उनले भने, ‘यस चौमासिकको सासु भत्ता दशैँ अघि वितरण गर्ने प्रयासमा हामी जुटीरहेका छौँ ।’

जिल्लाकै छत्रेश्वरी गाउँपालिकाले पनि दशैँ अघि भत्ता वितरण गर्न भ्याउने वा नभ्याउने अझै टुंगो छैन । सम्बन्धीत वडाबाट अद्यावधीक लगत आइनसकेको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए । उनले आफ्नो गाउापालिकामा एक वर्षमा २ करोड ५० लाख बढि सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको जनाए ।

वडाहरुबाट अद्यावधीक लगत समयमै ल्याएर कोष तथा लेखा नियन्त्रण कार्यालयमा रकम निकासाका लागी माग गरेपछि कोलेनीकाले निकासा छाड्ने र त्यसपछि सम्बन्धीत गाउँ तथा नगरपालिकाले वडाहरुमा रकम पठाउनुपर्ने हुन्छ । तर यस प्रकारको प्रक्रिया पुरा गर्न कतीपय स्थानीय तहले ढिला गर्दा सासु भत्ता हात पारेर दशैँ मनाउने सिमान्तकृत वर्गका नागरिकको चाहना अपुरो हुने देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै