२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परासीमा अनुगमन: यौन कार्य गर्ने एकजोडि रंगेहात पक्राउ

१७ आश्विन २०७५, बुधबार ०१:०८

असोज १७, नवलपरासी | पश्चिम नवलपरासीको सुनवलबाट अबैद्य रुपमा यौन क्रियाकलापमा सम्लग्न रहेको अभियोगमा एक जोडी युवा र अवैध क्रियाकलाप गराउने होटल सञ्चालक सहित तीन जना पक्राउ परेका छन् । 

जिल्ला बजार अनुगमन समितिको टोली सुनवल बजारको अनुगमन गर्न गएका बेला सुनवल ४ स्थित ड्रिम रेष्टुरेण्ट एण्ड होटलमा अवैद्य क्रियाकलाप भईरहेको जानकारी आएपछि अनुगमन समितिले प्रहरीको सहयोगमा होटलमा छापा हानेको थियो । सो क्रममा अर्घाखाँची घर बताउने एक जोडि युवा युवती रंगेहात पक्राउ परेको र आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय सुनवललाई जिम्मा लगाईएको अनुगमनको नेतृत्व गर्नुभएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो । प्रहरीले अवैद्य यौन क्रियाकलापमा सम्लग्न रहेको अभियोगमा एक जोडी युवा सहित होटल सन्चालकलाई पनि नियन्त्रणमा लिएको ईप्रका सुनवलका प्रहरी निरिक्षक अनोज विकले जानकारी दिनुभयो । यसैगरी सुनवलकै मामा भान्जा रेष्टुरेण्ट एण्ड होटल तथा पाल्पाली रेष्टुरेण्टमा पनि अनुगमन गरिएको थियो । 

यसैबीच संयुक्त बजार अनुगमन समिति नवलपरासीले सुनवल बजारमा अनुगमन गरी ठूलो परिमाणमा म्याद नागेका पेय पदार्थ तथा लेभल नभएका खाद्य वस्तुहरु जफत गरि नष्ट गरेको छ । सुनवलको वडा नं. ४ मा रहेका श्रेष्ठ किराना पसल, शिवधमाका ईन्टरप्राईजेज, सोनी सप्लायर्स, विकास ईन्टरप्राईजेज, नवराज किराना स्टोर्स तथा सुनवल १ मा रहेका तमु जनरल स्टोर्समा अनुगमन गरेको अनुगमनमा सहभागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा म्याद नागेका कोक, पेप्सी, फेन्टा, जुस २ सय ६० लिटर, रेडबुल ६ लिटर, ध्यू १३ के.जी., बदाम ९ के.जी.,दालमोठ एक प्याकेट, सोडा १२ पीस जफत गरिएको छ भने लेभल नभएका किसमिस ९ प्याकेट, पाउरोटी चार प्याकेट, छोहडा २ के.जी., मुमको दाल डेढ के.जी., भट्टमास ३ के.जी.जफत गरिएको अनुगमन निरिक्षक एवं घरेलु कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

पौडेलको नेतृत्वमा रहेको अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत महेश सुवेदी, विशास पंगेनी, सुनवल नगरपालिकाका प्रतिनिधि खेमराज अवस्थी, उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, उपभोक्ता हित संरक्षण मन्चका मोहन पौडेल, ईलका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक अनोज विक सहित प्रहरी तथा पत्रकारहरुको पनि सहभागिता रहेको थियो । यसअघि सोमबार रामग्राम वडा नं ६ र १० मा अनुगमन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य