२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पर्यटक लोभ्याउँदै बागलुङको भकुण्डे

१९ आश्विन २०७५, शुक्रबार ०७:४०

रामबहादुर थापा | असोज १९, बागलुङ | मौसम खुलेको दिन भकुण्डे पुग्ने जो कोहीको मन फुरुङ्ग हुन्छ । लहरै देखिने हिमशृङ्खलाले मानिसको थकान र तनाव बिर्साउँछ । 

बागलुङ बजारदेखि १० किमी कच्ची सडकको यात्रापछि भकुण्डे पुगिन्छ । पैदल जाँदा जम्मा दुई घण्टा ।बजारको कोलाहल र प्रदूषण पन्छाएर केहीबेरमै प्रकृतिको काखमा पुग्न सकिन्छ । भकुण्डेको पर्यटन हिमालसँग जोडिएको छ । जहाँबाट २२ भन्दा बढी चुचुरा अवलोकन गर्न पाइन्छ । सूर्योदय र सूर्यास्तको बेलामा त झन हिमाली दृश्य मनमोहक देखिन्छ । पर्यटकीय गाउँ भकुण्डेको मुख्य आकर्षण नै हिमशृङ्खलाको अवलोकन हो । दुई हजार ३०० मिटर उचाइमा बनेको ‘भ्युटावर’ले हिमाल झन नजिक आएको आभास मिल्छ । 

गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुछ«ेलगायतका हिमाल त्यहाँबाट देखिन्छन् । हिमाल हेर्न उपयुक्त याम शरद ऋतु हो । दोस्रो शिशिर–वसन्तयाम हो । धेरै हिमाल देख्न सकिने भएकै कारण भकुण्डेलाई पर्यटकीय गन्तव्य बनाउन गाउँले कस्सिए । पछि घरबास कार्यक्रम चल्यो । नयाँ गन्तव्य पहिचान भयो । अनि त्यसको प्रचारप्रसार भयो । विस्तारै भकुण्डेको परिचय पर्यटकीय गाउँमा फेरियो । 

पहिले भकुण्डेलाई धेरै हिमाल देखिने ठाउँका रुपमा मात्र चित्रित गरिन्थ्यो । पछि यहाँको पर्यटनमा नयाँ गन्तव्यसहितका विविधता थपिँदै गएका हुन् । घरबास, ‘भ्युटावर’ बराहताल, बराह, भैरव मन्दिर, सङ्ग्रहालय, कुथुकर्मको लेक आदिले भकुण्डेका पर्यटकीय गन्तव्यले यहाँको बसाइँ र विविधतालाई थपेको छ । 

हिमाल हेर्न मात्र नभई अन्य गन्तव्य पुग्न पनि पर्यटक भकुण्डेलाई रोज्छन् । “हिमशृङ्खला यहाँको मुख्य आकर्षण हो”, स्थानीयवासी मनोज थापाले भन्नुभयो, “एकैसाथ दर्जनौँ हिमाल हेर्न पाइन्छ ।” घरबासबाट २० मिनेटको पैदलयात्रामा मूलाबारीमा रहेको ‘भ्युटावर’ पुग्न सकिन्छ । सूर्योदय अवलोकनका लागि बढी पर्यटक ‘भ्युटावर’ पुग्छन् । पर्यटकीय याममा दैनिक सयौँ पर्यटक भकुण्डे आउने गरेको घरबास सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । “धेरै आन्तरिक पर्यटक छन्, विदेशी पर्यटक पनि आउन थालेका छन्”, उहाँले भन्नुभयो । 

पर्यटकलाई आकर्षित गर्न विसं २०६८ देखि भकुण्डेमा घरबास कार्यक्रम चलाइएको छ । अहिले नौ घरमा घरबास सञ्चालित छ । गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्ने स्थलका रुपमा घरबास चिनिएको छ । घरबास गाउँमा दैनिक १०० भन्दा बढी पाहुना राख्ने क्षमता छ । पर्यटकलाई पारिवारिक वातावरणमा बसोबास र स्थानीय परिकार उपलब्ध गराउने गरिएको छ । 

“स्थानीय उत्पादनबाट बनेको परिकार खुवाउँछौँ”, अध्यक्ष थापाले भन्नुभयो । खाना, खाजासहित एक रात बिताउँदा प्रतिव्यक्ति जम्मा रु ६०० तोकिएको छ । दुई रात काट्नेको भने रु एक हजार ५०० खर्च हुन्छ । खानाबाहेकका अन्य परिकारमा भने छुट्टै मूल्य छ । घरबास आउने पाहुनालाई स्थानीय खानाको स्वादबाहेक मौलिक कला, संस्कृति झल्कने झाँकी, गीत र नृत्य पनि देखाउने गरिन्छ । पर्यटक बढ्न थालेपछि घरबासको क्षमता बढाउनेदेखि अन्य पर्यटकीय पूर्वाधार निर्माणका काम अघि बढेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै