२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पर्यटक लोभ्याउँदै बागलुङको भकुण्डे

२०७५, १९ आश्विन शुक्रबार ०७:४०

रामबहादुर थापा | असोज १९, बागलुङ | मौसम खुलेको दिन भकुण्डे पुग्ने जो कोहीको मन फुरुङ्ग हुन्छ । लहरै देखिने हिमशृङ्खलाले मानिसको थकान र तनाव बिर्साउँछ । 

बागलुङ बजारदेखि १० किमी कच्ची सडकको यात्रापछि भकुण्डे पुगिन्छ । पैदल जाँदा जम्मा दुई घण्टा ।बजारको कोलाहल र प्रदूषण पन्छाएर केहीबेरमै प्रकृतिको काखमा पुग्न सकिन्छ । भकुण्डेको पर्यटन हिमालसँग जोडिएको छ । जहाँबाट २२ भन्दा बढी चुचुरा अवलोकन गर्न पाइन्छ । सूर्योदय र सूर्यास्तको बेलामा त झन हिमाली दृश्य मनमोहक देखिन्छ । पर्यटकीय गाउँ भकुण्डेको मुख्य आकर्षण नै हिमशृङ्खलाको अवलोकन हो । दुई हजार ३०० मिटर उचाइमा बनेको ‘भ्युटावर’ले हिमाल झन नजिक आएको आभास मिल्छ । 

गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुछ«ेलगायतका हिमाल त्यहाँबाट देखिन्छन् । हिमाल हेर्न उपयुक्त याम शरद ऋतु हो । दोस्रो शिशिर–वसन्तयाम हो । धेरै हिमाल देख्न सकिने भएकै कारण भकुण्डेलाई पर्यटकीय गन्तव्य बनाउन गाउँले कस्सिए । पछि घरबास कार्यक्रम चल्यो । नयाँ गन्तव्य पहिचान भयो । अनि त्यसको प्रचारप्रसार भयो । विस्तारै भकुण्डेको परिचय पर्यटकीय गाउँमा फेरियो । 

पहिले भकुण्डेलाई धेरै हिमाल देखिने ठाउँका रुपमा मात्र चित्रित गरिन्थ्यो । पछि यहाँको पर्यटनमा नयाँ गन्तव्यसहितका विविधता थपिँदै गएका हुन् । घरबास, ‘भ्युटावर’ बराहताल, बराह, भैरव मन्दिर, सङ्ग्रहालय, कुथुकर्मको लेक आदिले भकुण्डेका पर्यटकीय गन्तव्यले यहाँको बसाइँ र विविधतालाई थपेको छ । 

हिमाल हेर्न मात्र नभई अन्य गन्तव्य पुग्न पनि पर्यटक भकुण्डेलाई रोज्छन् । “हिमशृङ्खला यहाँको मुख्य आकर्षण हो”, स्थानीयवासी मनोज थापाले भन्नुभयो, “एकैसाथ दर्जनौँ हिमाल हेर्न पाइन्छ ।” घरबासबाट २० मिनेटको पैदलयात्रामा मूलाबारीमा रहेको ‘भ्युटावर’ पुग्न सकिन्छ । सूर्योदय अवलोकनका लागि बढी पर्यटक ‘भ्युटावर’ पुग्छन् । पर्यटकीय याममा दैनिक सयौँ पर्यटक भकुण्डे आउने गरेको घरबास सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । “धेरै आन्तरिक पर्यटक छन्, विदेशी पर्यटक पनि आउन थालेका छन्”, उहाँले भन्नुभयो । 

पर्यटकलाई आकर्षित गर्न विसं २०६८ देखि भकुण्डेमा घरबास कार्यक्रम चलाइएको छ । अहिले नौ घरमा घरबास सञ्चालित छ । गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्ने स्थलका रुपमा घरबास चिनिएको छ । घरबास गाउँमा दैनिक १०० भन्दा बढी पाहुना राख्ने क्षमता छ । पर्यटकलाई पारिवारिक वातावरणमा बसोबास र स्थानीय परिकार उपलब्ध गराउने गरिएको छ । 

“स्थानीय उत्पादनबाट बनेको परिकार खुवाउँछौँ”, अध्यक्ष थापाले भन्नुभयो । खाना, खाजासहित एक रात बिताउँदा प्रतिव्यक्ति जम्मा रु ६०० तोकिएको छ । दुई रात काट्नेको भने रु एक हजार ५०० खर्च हुन्छ । खानाबाहेकका अन्य परिकारमा भने छुट्टै मूल्य छ । घरबास आउने पाहुनालाई स्थानीय खानाको स्वादबाहेक मौलिक कला, संस्कृति झल्कने झाँकी, गीत र नृत्य पनि देखाउने गरिन्छ । पर्यटक बढ्न थालेपछि घरबासको क्षमता बढाउनेदेखि अन्य पर्यटकीय पूर्वाधार निर्माणका काम अघि बढेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा