२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा उपभोग्य सामग्रीको मूल्य बढ्यो

१९ आश्विन २०७५, शुक्रबार ०८:३५

असोज १९, तुलसीपुर | दैनिक उपभोग्य सामग्रीको मूल्य दिन प्रतिदिन बढिरहेको छ । 

एकाएक मूल्य बढ्दा उपभोक्तासँगै व्यवसायी पनि आजित भएका छन् । नेपालीको महान् चाडपर्व दशैँ, तिहार नजिकिँदै गर्दा उपभोग्य सामग्रीमा पनि निकै मूल्यवृद्धि भएको स्वयं व्यवसायी बताउँछन् । हाल बजारमा चिनी, तेल, आटा, मैदालगायतका वस्तुमा मूल्यवृद्धि भएको छ । जब चाडपर्व आउँछ सोही समयमा मूल्यवृद्धि हँुदा उपभोक्ता निकै मारमा पर्ने गरेको उपभोक्ता चेतना वलीले बताउनुभयो । “हामी उपभोक्ता विभिन्न बहानामा ठगिने गरेका छौँ”, उहाँले भन्नुभयो । 

हाल बजारमा चिनीमा प्रतिकेजी रु पाँच, मैदामा रु १०, तेलमा रु ३० सम्म वृद्धि भएको छ । यसअघि प्रतिलिटर रु १३५ पर्ने तोरीको तेल रु १६५ देखि ७० सम्म पुगेको छ । त्यस्तै मैदा रु ४५ प्रतिकिलोबाट एकाएक बढेर रु ५५ पुगेको व्यवसायी बताउँछन् । “एक दुई दिनमै मूल्य अकासिएको छ, उपभोक्तालाई कसरी बुझाउने समस्या छ”, व्यवसायी हेमराज गौतमले भन्नुभयो । व्यवसायीले आफूहरुले महङ्गो मूल्यमा खरिद गर्नुपरेकाले उपभोक्तालाई पनि सोहीअनुरुप थोरै नाफा खाएर बेच्नुपर्ने बताउँछन् । 

त्यसैगरी जिल्लाका मुख्य बजार तुलसीपुर, घोराही, लमहीमा महङ्गीको समस्या देखिएको बताइएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घअन्तर्गत किराना व्यवसायी उपसमितिका संयोजक जनक रावतले पनि विभिन्न उपभोग्य सामग्रीमा मूल्यवृद्धि भएको बताउनुभयो । 

उहाँले सबैभन्दा धेरै आटा, मैदा, तेलमा मूल्यवृद्धि भएको बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष रामप्रसाद चालिसेले ठूला व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेका कारण मूल्यवृद्धि भएको बताउनुभयो । “यहाँ मूल्यवृद्धि भएको होइन, ठूला व्यवसायी र कारखानाले कृत्रिम अभाव सिर्जना गरेकाले यस्तो समस्या भएको हो”, उहाँले भन्नुभयो । अब छिट्टै बजार अनुगमन गर्ने उहाँको भनाइ थियो । तर बजारमा हालसम्म पनि अनुगमन नभएको उपभोक्ताले गुनासो गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ