२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लेकबेशीले गर्यो आफ्नै निर्णय खारेज

२१ आश्विन २०७५, आईतवार ०३:०६

असोज २१, सुर्खेत | लेकबेसी नगरपालिकाका जनप्रतिनिधिहरुबीच विवाद हुँदा विकास निर्माणको काममा अवरोध सिर्जना भएको छ । वीरेन्द्रनगरमा निर्माणाधिन फोरलेन सडकको निर्माण सामग्री लैजान पत्र काटेको लेकवेशी नगरपालिकाले एकाएक सामग्री ढुवानीमा रोक लगाइदिएको हो ।

आशिष–श्याम एण्ड शंकर जेभीलाई निर्माण सामाग्री लैजानु भन्ने दिइएको अनुमति पत्र नै खारेज गर्ने अवस्थामा नगरपालिका पुगेको छ । निर्माण कम्पनीले वीरेन्द्रनगरको फोरलेन सडक र उक्त सडकमा बनाईने पाँच ओटा पुलका लागि गत आर्थिक वर्षमा जम्मा गरेर राखिएको निर्माण सामाग्री लैजान पत्र लेखेको र सोही पत्रको आधारमा  नगरपालिकाले असोज १८ मा बालुवा गिट्टी ढुवानी गर्न ५ दिनको म्याद दिएको थियो ।

नगरपालिकाले अनुमति दिएता पनि कम्पनीबाट गएका टिप्परहरु स्थानीयहरुले रोकिदिएपछि निर्माण समाग्री ल्याउन दिइएन् । चिठिमा प्रमुख प्रशासकीय अधिकृत टीकाराम ज्ञवालीले हस्ताक्षर गरेका छन् । नगरप्रमुख गगनसिंह सुनारसँगको सल्लाह र कार्यपालिकाको बैठकले गत वर्षको उक्त निर्माण समाग्री लैजान अनुमति दिने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम कम्पनीबाट टिप्परहरु पठाइएको तर ट्याक्टर व्यवसायीले अवरोध गर्दा सामान ढुवानी गर्न नसकिएको कम्पनीका साईट इन्चार्ज दुर्गा प्रसाद शर्माले जानकारी दिए । ‘हामीले नगरपालिकाले दिएको पत्रका आधारमा निर्माण सामाग्री ल्याउन टिप्पर मगाएका थियौं ।’ उनले भने, ‘तर स्थानीयको अवरोधका कारण हामी पछि हटन बाध्य भयौं ।’ नगरपालिकाका उपमेयर शान्ति छन्तेल, कार्यपालिकाका सदस्य, वडा अध्यक्षका दबाबका कारण आशिष–श्याम एण्ड शंकर जेभीले सामग्री ढुवानी गर्न सकेन् ।


नगरपालिकाले खोलाबाट बालुवा उठाउन टेण्डर आह्वान गरिसकेको छ तर हामीले नयाँ सामग्री उठाउन खोजेका हैनौं’ कम्पनीका साईट इन्चार्ज शर्माले थपे, ‘अनाहकमा हामीलाई खोलाबाट बालुवा उठाएको आरोप लगाएको छ । हामीले गत वर्षकै मौज्दात बालुवा उठान मात्रै खोलेका हौं ।’  

सडक कार्यालयदेखी जिल्ला समन्वय समितिले कम्पनीले मौज्दात राखेको बालुवा उठाउन दिन परिपत्र लेकवेशी नगरपालिकालाई काटेको थियो । तर स्थानीयले कुरै नबुझी उक्साहटमा कम्पनीको पुरानो सामग्री समेत ल्याउन नदिनु न्यायोचित नभएको शर्माको कथन छ । ‘शुक्रबार लेकबेसी नगरपालिकाको चिंगाड खोलामा सर्वपक्षीय बैठक बसेको थियो’ उनले भने, ‘सोही वैठकमा अब कसैले पनि ठेक्का सम्झौता नहुञ्जेल बालुवा नझिक्ने खाले सहमति भएको छ ।’ उनले नगरपालिकाले गत वर्षको निर्माण सामाग्री ओसार्न नदिएका कारण कम्पनीले जारी राखेको काममा अवरोध सिर्जना भएको बताए । लेकवेशी नगरपालिकाका उप–प्रमुख शान्ति छन्तेलले आफुहरुको असहमतिका बावजुद नगर प्रमुख र अधिकृतले पत्र काटेको जानकारी दिइन् । ‘हामीले कार्यपालिकाको बैठकमा उक्त निर्णयको विरोध गरेका थियौं’ उनले भनिन, ‘उक्त विवादलाई समाधान गर्न बैठक नै बसेर आगामी कात्तिक १२ गतेसम्म कसैलाई पनि निर्माण सामग्री झिक्न नदिइने सहमति गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा