४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

मादल बनाउने ब्यबसायीको व्यस्तता बढ्यो

२५ कार्तिक २०७२, बुधबार २१:१७

madalकात्तिक २६, प्यूठान । प्यूठानमा मादल बनाउने व्यावसायीको व्यस्तता बढेको छ । तिहार सुरु भए सँर्गै देउसी भैलीका लागि आवश्यक मादल बनाउने व्यावसायीको व्यस्तता बढेको हो ।

जिल्लामा नेपालीसामत र बादी समुदायले मादल बनाउने पेशा अपनाउँदै आएका छन् । तिहार लगत्तै मादलको नयाँ ताल तुना कस्ने, खरी हाल्ने र स्वर मिलाउने कामले दिन बित्ने गरेको हँसपुर ६ कास्कोटका सुक बहादुर सामतले बताए उनले खयर जातको काठबाट मादल बनाउने जनाय ।उमेरले पचासको हारहारी पुगेका उनले बिगत २५ वर्ष देखी मादल बनाउदै आएका छन । अरु वेला भन्दा तिज र तिहारमा मादल बनाउन भ्याइ नभयाइ हुने उनले सुनाए ।

मादलको ढुंग्रीमा तालतुना हाल्ने र खरी हाल्ने कामबाट तिहारभरीमा ३० हजारभन्दा बढी कमाई हुने गरेको छ । ढुंग्रीमा तालतुना गरेर खरी हाले वापत १३ सय र खरी मात्र हाल्न परे ३ सय ज्याला लाग्छ । नयाँ मादल बनाउन २५ सय देखी ३५ सय सम्म लागछ।

हिजोआज उनीहरुको दिन मादलको ढुंग्रीमा गोरु र बाख्राको छाना मोहोर्न, खरी हाल्न, घाममा सुकाउन, स्वर मिलाउन र मादल धनीलाई जिम्मा लगाउनमै बितिरहेको छ । तिहारमा प्रयोग गरिने मादल बनाउने व्यस्तताले खाना खाने र विश्राम गर्नेसम्म फुर्सद नभएको सामतले । गाउँघरमा तिहारमा देउसीभैली खेल्नेक्रममा प्रयोग गरिने मादल बनाउन लैजाने प्रचलन छ । उनि कहाँ हँसपुर गाबिस र यस आसपासका गाउँबाट नया र पुराना मादल बनाउनका लागी लिएर आउने गरेका छन।

मादलमा तालतुना लगाउने र खरी लगाउने कामबाट राम्रो आम्दानी हुनेभएका कारण आफ्नोलागि तिहारको विशेष महत्व रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ