२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा औलोका बिरामी घट्दै

२०७५, २२ आश्विन सोमबार ०८:३५

असोज २२, बैतडी | सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा पछिल्लो समय औलोका बिरामी घट्दै गएका छन् । 

औलो प्रभावित तल्लोस्वराडको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा देखिएको औलो पछिल्लो समयमा कम हुँदै गएको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७३÷७४ मा तल्लोस्वराडमा ६१ औलोका बिरामी फेला परेकामा गत आवमा २५ जनामा र चालू आवको तीन महीनामा ११ बिरामी फेला परेका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले औलोका बिरामी घट्दै गएको उक्त कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डे्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँमै गएर औलोको पहिचान र उपचार गर्न थालेपछि रोग कम हुँदै गएको हो ।” औलो प्रभावित क्षेत्रमा उक्त कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा औषधि, स्प्रे र गर्भवतीलाई झुल वितरण गरेको थियो । सरकारले सन् २०२५ भित्र औलो रोग उन्मूलन गर्ने लक्ष्य लिएकाले सोहीअनुसारका कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन् । 

रोग पहिचान र उपचार शुरु 

औलो प्रभावित तल्लोस्वराड र शिवनाथ गाउँपालिका–१ र ३ मा औलोको पहिचान तथा उपचार कार्यक्रम शुरु गरिएको छ । यसअघि पनि सो ठाउँमा औलोका बिरामी फेला परेकाले पछिल्लो अवस्थाबारे जानकारी लिनका लागि रोगको पहिचान तथा उपचार कार्यक्रम शुरु गरिएको स्वास्थ्य सहायक दयालले जानकारी दिनुभयो । 

सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालयले गत वर्षदेखि नै तल्लोसोराड क्षेत्रमा औलोको पहिचान तथा उपचार सेवा सञ्चालन गर्दै आएको हो । एनोफिलिस नामको पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले यसको रोकथामका लागि वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने, सुत्दाखेरी झुल हालेर सुत्नु पर्नेलगायतका सुझाव स्वास्थ्यकर्मीले दिएका छन् । औलो प्रभावित क्षेत्रका गर्भवतीलाई झुल वितरण गर्ने कार्यक्रमसमेत सँगसँगै चलिरहेको उक्त कार्यालयले जनाएको छ । सन् २०२५ भित्र नेपालमा औलो उन्मूलन गर्ने सरकारको लक्ष्य छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा