२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका कृषकलाइ यस बर्ष अदुवा नबिक्ने चिन्ता

२०७२, १८ मंसिर शुक्रबार ०१:४४

सलिम अन्सारी, मंसिर १८, प्युठान / प्युठानका किसानलाइ यो बर्ष उत्पादन भएको अदुवा बिक्री नहुने चिन्ताले पिरोल्न थालेको छ। भारतको अघोषित नाकाबन्दिका कारण इन्धन अभाव हुँदा जिल्ला बाहिरका अदुवा व्यापारी खरिद गर्न हाल सम्म पनि नआउँदा किसान चिन्तीत बनेका हुन।ठूलो मात्रामा अदुवाको कारोवार हुने यो बेलामा अदुवाको निर्यात ठप्प बनेपछी किसानले राम्रो मूल्य पाउन नसकेका हुन।

जिल्लाकै सबै भन्दा बढी अदुवा उत्पादन हुने हंसपुर ढुङ्गेगदी तिराम मर्काबाङ गाबिसका किसानले उत्पादन गरेको अदुवा जिल्लाका ब्यापारिले खरिद गरि गोदाम मै थन्काएका छन।किसानले उत्पादन गरेको अदुवा छिटपुट बजार ल्याउने क्रम नरोकिए पनि यहाँबाट बाहिरी जिल्ला र भारतिय बजारमा निर्यात गर्न नसक्दा अदुवा थन्काउनु पर्ने भएकाले ब्यापारिले पनि थोरै मुल्यमा खरिद गर्ने गरेका छन।

अदुवा निर्यात हुन नसक्दा अदुवाबाट राम्रो आम्दानी गर्ने सोचमा रहेका कृषक निरास बनेको ऐरावती बहुउद्द्यशिय सानाकिसान सहकारी संस्था बड्डाडाँले बताएको छ।अदुवा बिक्री नहुदाँ वारि मै कुहिने अबस्थामा पुगेको किसानहरु बताउछन। यस भेगका झन्डै ७ सय किसान अन्नबाली छोडेर अदुवा खेती तर्फ लागेको सहकारीको तथ्याङ्क छ।

जिल्लामा करिव दुई सय बीस हेक्टर क्षेत्रफल जमिनमा अदुवा खेती गरिदै आएको छ।गत बर्ष जिल्लामा दुई हजार आठ सय पचहत्तर मेटृक्टन अदुवा उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय प्युठानले बताएको छ।मधेश आन्दोलन र अघोषित नाकाबन्दिका कारण यो बर्ष कृषकले ठूलो नोक्सानी ब्योहर्नु परेको बरिष्ट कृषि बिकास अधिकृत शिवनारायण चौधरिले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन