२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

२३ आश्विन २०७५, मंगलवार ०३:५१

असोज २३, तुलसीपुर (रासस) | तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । 

जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थामा सो विद्यालयमा विद्यार्थी चाप थेगिनक्नु छ । विद्यार्थी अभावले कतिपय विद्यालय एक अर्कोमा गाभ्नुपर्ने अवस्था छ । कुनै समय यहाँ विद्यार्थी अभावका कारण विद्यालय भर्ना अभियान सञ्चालन गर्नुपरेको थियो । अहिले विद्यार्थीको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । 

पछिल्लो समयमा सामुदायिक विद्यालयमा पनि शैक्षिक गुणस्तर वृद्धि तथा कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि विद्यार्थीको चाप बढेको हो । विद्यालयले उत्कृष्ट नतिजासमेत ल्याउन थालेको छ । “घरदैलो गरेर विद्यार्थी खोज्नुपर्ने अवस्था हटेको छ,” विद्यालयका शिक्षक प्रमोद न्यौपानेले भन्नुभयो । विसं २०११ मा स्थापना भएको सो विद्यालयमा हाल निजी विद्यालयका विद्यार्थीसमेत पढ्न आउने गरेका छन् । 

एक दशकअघि कक्षा १ मा २० देखि २५ विद्यार्थी पढ्ने सो विद्यालयमा अहिले नर्सरीदेखि १२ कक्षासम्म एक हजार ५१८ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ६ देखि ९ सम्म तीन श्रेणीमा विभाजन गरी पढाउनुपर्ने अवस्था छ । त्यस्तै नर्सरीमा २८ तथा कक्षा १ मा ६३ विद्यार्थी अध्ययनरत छन् । अङ्गे्रजी माध्यमबाट शिक्षण शुरु गरेपछि अभिभावकको विद्यालयतर्फ आकर्षण बढेको प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले बताउनुभयो । वर्षेनी विद्यार्थी बढ्दै गएपछि अहिले प्रवेश परीक्षा लिएर मात्र भर्ना गर्न थालेको उहाँको भनाइ छ । 

तुलसीपुर उपमहानगरपालिकाका वडा नं ४, ३, ७ र तुलसीपुर ५ र ६ का विद्यार्थी अध्ययनका लागि यहाँ आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणवकुमार खड्का बताउनुहुन्छ । आव २०७४÷७५ मा जिल्लामै उत्कृष्ट सामुदायिक विद्यालयको छनोटमा परी जिल्ला शिक्षा कार्यालयबाट रु १० लाख पुरस्कारसमेत पाएको छ । त्यस्तै गत वर्षदेखि नमूना विद्यालयका लागि छनोट भई रु एक करोड रकमसमेत भौतिक निर्माणका लागि पाएको छ । विद्यालयसँग चार पक्की भवन छन् भने कम्प्युटर र विज्ञान प्रयोगशालालगायतको सुविधासमेत उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ