४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा ६५ ड्रम जाँड र २० लिटर अवैध मदिरा बरामद गरि नष्ट

२३ आश्विन २०७५, मंगलवार ०३:५६

असोज २३, सल्यान | सल्यानको कपुरकोट बजारबाट ६५ ड्रम जाँड र २० लिटर अवैध घरेलु मदिरा बरामद गरि नष्ट पारिएको छ । बजार अनुगमन निर्देशिका अनुसार गठन भएको समिती, प्रहरी र पत्रकारको टोलिले सोमबार संयुक्त बजार अनुगमन गर्दा फेला पारेको अवैध घरेलु मदिरा र मदिरा बनाउन तयार पारिएको जाँड बेलुका नै डम्पिङ साइडमा लगेर नष्ट पारिएको कपुरकोट गाउँपालिकाले जानकारि दिएको छ ।

साथै दशैँ तिहार नजीकिदै गर्दा बजारमा हुन सक्ने कालोबजारी तथा म्याद गुज्रेका सामग्री विक्रि वितरणमा रोक लगाउने उद्देश्य सहित बजार क्षेत्रका पसल, होटल, मेडिकल, एग्रोभेट आदिको अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारि दिए ।


अनुगमनको क्रममा म्याद गुज्रेका विस्कुट, चाउचाउ, कुरमुरे, परफ्यूम पनि फेला परेको र ती म्याद गुज्रेका सामग्री पनि नष्ट गरिएको गाउँपालिकाका सूचना अधिकारी जीवराज केसीले जनाएका छन् ।

कतीपय पसलहरु दर्ता नभएका पाइएकाले पसलहरुलाई सम्बन्धित निकायमा दर्ता गर्न आग्रह गरिएको उनले बताए । यस्तै पसलमा मूल्यसूची र साइनबोर्ड समेत राख्न आग्रह गरिएको केसीले बताए ।

अवैध मदिरा नष्ट गर्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले घरेलु मदिराको अबैध कारोबारलाई रोकथाम गर्न प्रहरी र सरोकारवालाहरुको समन्वयमा विशेष अभियान सञ्चालन गरिएको जनाए ।


यस्तै उपभोक्ता हित संरक्षण समितीका संयोजक तथा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले महिला हिंसा र घरे लु हिंसा बढ्नुमा मदिरा प्रमुख कारणको रुपमा देखिएको भन्दै गाउँपालिकाभरिका सबै वडाहरुमा अनुगमन र अवैध मदिरा नियन्त्रण अभियान सञ्चालन हुने जानकारि दिइन् ।

घरेलु मदिरा सेवनकै  कारण आपराधिक गतिविधि बढ्ने  र शान्ति सुरक्षा एवं अमनचै नमा खलल पुर्याउने  भएकाले  अबै धरुपमा उत्पादन गरिएको  मदिरा नष्ट गनेर्  अभियानलाइ जारि राखीने प्रहरी चौकी कपुरकोटका इन्चार्ज सुरेन्द्र बुढाथोकीले बताए । अनुगमनमा वडा अध्यक्षहरु, उद्योग वाणिज्य संघ सल्यानका प्रतीनिधी, पत्रकार, बजार व्यवस्थापन समिती, व्यापारि लगाएतको सहभागीता थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ