९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाबाट सालकको खपेटासहित २ जना पक्राउ

२३ आश्विन २०७५, मंगलवार ०७:२७

असोज २३, चरिकोट | संरक्षित वन्यजन्तु सालकको खपेटासहित दोलखा प्रहरीले दुईलाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका–३ बस्ने २३ वर्षीय अर्जुन देवकोटा र १९ वर्षीय सौरभ गोले रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनीहरुको साथबाट दुई केजी ९०० ग्राम संरक्षित वन्यजन्तु सालकको खपेटा प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटेको टोलीले भीमेश्वर नगरपालिका–३ स्थित लामाचौर आसपासको महादेव मन्दिरबाट उनीहरुलाई पक्राउ गरेको थियो । अर्जुन देवकोटाले भिरेको झोला प्रहरीलाई शङ्कास्पद भई रीतपूर्वक खानतलासी गर्दा झोलाभित्र निलो प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा दुई केजी ९०० ग्राम सालकको खपेटा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय दोलखाले मात्र २०७१ असोज २२ गतेदेखि हालसम्म विभिन्न मिति तथा स्थानबाट १० केजी ८०० ग्राम सालकको खपेटा बरामद गरेको छ । गत साउन २५ गतेमात्र भीमेश्वर नगरपालिका–७ निवासी होमबहादुर थापालाई ३८० ग्राम सालकको खपेटासहित पक्राउ गरेको थियो । 

दोलखामा सालकको खपेटा ओसारपसार तथा बेचबिखन गर्ने गिरोहको समूह बढ्दै गएको र त्यसको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल एक तोला सुनको मूल्य दुई लाख नजिक म्याग्दीको अर्मनमा ‘एक घर, एक धारा’ बर्सेनि बढ्दै चैते धानको आकर्षण बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का