२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वडाध्यक्षले नै पटक पटक यौन दुर्व्यवहार गरेको खुलासा !

२०७५, २३ आश्विन मंगलवार १२:१३

चिसाङ शेर्पा | असोज २३, खोटाङ | खोटाङमा वडाध्यक्षले जर्वजस्ती यौन दुव्र्यवहार गरेको रहस्य खुलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडाकी ३३ वर्षीय महिलालाई सोही नगरपालिका वडा नं. ८ का वडाध्यक्ष लिला चौहानले जर्वजस्ती यौन दुव्र्यवहार गर्ने गरेको रहस्य खुलेको हो ।  

यहि असोज १६ गते राती आफु बस्दै आएको घरमा सुतीरहेको अवस्थामा ढोका ढकढकाएको र छिमेकी सम्झी ढोका खोलेर हेर्दा पिडक चौहान रहेको र उनले गोप्य कुरा छ भन्दै आफ्नो मन्जुरी विना अंगालो हाल्दै वक्षस्थलमा समाएर जर्वजस्ती गर्न खोजेको पिडीत महिलाले बताईन् । जर्वजस्ती प्रयासको प्रतिकार गरी भागेर घर नजिकैको कोदोबारीमा लुक्न सफल भएको र उल्टै घट्नाको बारेमा कसैलाई भनेमा राम्रो नहुने भन्दै ज्यान मार्ने धम्कि दिएको उनले सुनाईन् ।

पिडीत महिलाका अनुसार यसअघि पनि २०७४ पुस १८ गते साँझ ७ वजेको समयमा घरमा आएको र डिउ खाउ भनेपछि आफुले दुईवटा गिलास दिएको र उनैले गिलासमा सारेको तर, रक्सी भएकाले आफूले नखाएको र उनी रक्सी पिउदै विभिन्न प्रसंगमा गफिन थालेको र साईनोले नाती पर्ने पिडकलाई खाना दिएर राती ८ वजे भाडा माझी रहेको अवस्थामा पछाडीदेखी वक्षस्थल लगायत अन्य संबेदनशील अंगहरुमा जर्वजस्ती छोएर यौन दुव्र्यवहार गर्न खोजेको थियो । त्यो समयमा जर्वजस्ती वक्षस्थल समाई दिएको र उम्कने प्रयास गर्दा निलडाम नै भएर विरामी समेत भएको उनले सुनाईन् । 

सो समयमा गाउँका गन्यमान्यलाई निजबाट दुव्र्यवहार भएको समस्या राखेता पनि आगामी दिनमा त्यस्तो नहुने तथा पार्टीकै बेइज्ज्त हुने भनेर गाउँमा नै घट्ना मिलाईएको थियो । त्यसपछि पनि एकान्तमा भेट्दा अस्वभाविक व्यवहार देखाउने, एक्लै वाटोमा भेट्दा जहिल्यै गोप्य कुरा छ भनि बोलाउने गरेको पिडीत महिलाले बताईन् ।

समाजमा एकपटक मिलेको घट्ना आफूले विर्सेको भएपनि पुनः ९ महिनापछि जर्वजस्ती गरेर खेदो गरेपछि असोज २२ गते खोटाङ जिल्ला अदालत खोटाङमा यौन दुव्र्यवहार विरुद्ध मुद्दा दर्ता गरिएको उहाँको भनाई छ । खोटाङ जिल्ला अदालतको दर्ता नम्बर २०७५–सी–०००७ नम्बरमा पिडक चौहान विरुद्ध यौन दुव्र्यवहारको मुद्दा दर्ता भएको श्रेस्तेदार लालकुमार कार्कीले बताए । 

आफु अन्यायमा परेको र असोज १७ गते वकिलसँग परामर्श लिएर अदालतमा सोमबार मुद्दा दर्ता गराएपछि घट्ना मिलाउन बारम्बार नेताहरुको फोन आउने गरेको पिडित महिलाले बताईन् । बैदेशिक रोजगारीको क्रममा श्रीमान विदेशमा भएको र पेशाले आफु सोही वडामा रहेको विद्धालयको शिक्षिका भएकाले पनि पटक–पटक मानसिक टर्चर दिने गरेको उनले सुनाईन् । यतिवेला उनी न्याय माग्दै विभिन्न सञ्चार माध्यममा धाईरहेका छन् । 

यस विषयमा आफुलाई कुनै कुरा थाहा नभएको र नितान्त गलत भएको चिउरीडाँडामा वडाध्यक्ष लिला चौहानले बताए । हालसम्म मैले उहाँलाई देखेको÷भेटेको छैन मलाई फसाउनका लागि ग्रेण्ड डिजाईन गरिएको हुनसक्छ । उनले भने, ‘रिस पोख्नका लागि बनाएर मुद्दा हालेको हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित