२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ बर्षपछि बझाङ विमानस्थलमा हवाईजहाज अवतरण

२०७५, २४ आश्विन बुधबार १०:१७

सम्राट सिंह | असोज २४, बझाङ | सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङको विमानस्थलमा झण्डै १२ बर्षपछि हवाईजहाज अवतरण भएको छ । बझाङ जिल्लाका निर्वाचित सांसदहरु,नेता,पत्रकार तथा पर्यटन सम्बन्धि काम गर्ने संघ संस्थाहरुको पहलमा १२ बर्षपछि आज १ बजेर १० मिनेटमा नेपाल एयरलाइन्सको हवाईजहाज देवल विमानस्थलमा अवतरण भएको हो ।


लामो समय सम्म बन्द रहेको विमानस्थलमा एक्कासी हवाईजहाज अवतरण भएपछि जहाज हेर्न आउनेको भिँडसँगै जनतामा खुसी छाएको छ । बुधबारबाट नेपालगंज बाट बझाङ, बझाङबाट नेपालगंज टेस्ट फ्लाइट उडान सुरु गरेको नेपाल बायुसेवा निगमले जनाएको छ ।

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले असोजको दोस्रो साताभित्र बझाङमा हवाई सेवा सञ्चालन हुने आश्वासन दिएतापनि असोजको चौथो सातामा भने बझाङ विमानस्थलमा हवाईजहाज अवतरण गराएका छन ।

बझाङ जिल्ला धार्मिक तथा पर्यटन हिसाबले पनि भरिपूर्ण जिल्ला भएकाले नियमित हवाईजहाज सुचारु भयोभने जिल्लामा पर्यटकहरु भित्रिने र जिल्लालाई लाभ हुने नागरिक अगुवा धर्मजंग सिंहले बताए । आज टेस्ट फ्लाइट भनेर एक दिन हवाइजहाज विमानस्थलमा अवतरण भयोे भोलीदेखी फेरी उस्तै अवस्था भयोभने जनतामा निरासा छाउने हुँदा हप्त्ताको ३ फ्लाइट नियमित उडान गर्नुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते