सलिम अन्सारी, पुस २९, बड्डडाडाँ / ढुङ्गेगदी गाविसको २०औं गाउँ परिषद सम्पन्न भएको छ । बुधबार सम्पन्न परिषदमा गाविस सचिव मधुकर शर्माले गाविसको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस्तुत गरिएको बजेटमा आर्थिक बर्ष २०७१र७२ को यथार्थ आयब्याय ५० लाख ५३ हजार ७ सय ६ रुपैयाँ र आ।ब।२०७२र०७३ को संशोधित आयब्याय ४६ लाख २४ हजार ६ सय ५० रुपैयाँ रहेको छ ।
त्यसैगरि सचिव शर्माले आर्थिक बर्ष ०७३र०७४ को कूल ४७ लाख ४० हजार ४ सय रुपैयाँको अनुमानित आय–ब्याय प्रस्तुत गरेका थिए ।
संसद धन बहादुर रायमाझी को प्रमुख आथित्यमा सम्पन्न उक्त परिषदमा एकीकृत नेकपा माओबादिका जिल्ला अध्यक्ष प्रकाश अधिकारीको विशिष्ट आतित्थ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको गाविस प्राबिधिक कुमारी सोमैले सन्चालन गर्नुभएको थियो।
गाविस सचिव मधुकर शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवम्। प्रतिनिधि, कृषि सेवा केन्द्र बड्डडाडाँका प्रमुख, शिक्षक, बुद्धिजिबी, महिला संजाल, पत्रकार, वडा नागरिक मञ्चका प्रतिनिधिहरुले परिषद सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रम सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, बाल–संजाल, शिक्षक, बुद्धिजीवी, समाजसेबी, जेष्ठ नागरिक, बिद्यार्थी, सहकारी प्रतिनिधि, र सामुदायिक बनका प्रनिनिधि सहित स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।