२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेशमा मन्दिर र गुम्बा निर्माणमा करोडौं रकम विनियोजन

२०७५, २६ आश्विन शुक्रबार ०८:४४

असोज २५, सुर्खेत । कर्णाली प्रदेश सरकारले देवताका थान, मन्दिर, गुम्बा, मस्जिद निर्माणमा लागि करौडो रकम विनियोजन गरेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले चालु आर्थिक करोडौँ बर्षको बजेटमा  देउताका थान, मन्दिर र गुम्बा निर्माणमा खर्च गर्ने भएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले स–साना मन्दिर निर्माणमा स्थानीय तहको प्राथमिकतामा नपरेका योजनामा समेत बजेटको व्‍यवस्था गरेको छ । मन्त्रालयले मन्दिर, गुम्बा र थान निर्माणमा ३ लाखदेखि २० लाखसम्म रकमको व्यवस्था गरेको छ । यसरी बिनियोजन गरिएका मन्दिर, गुम्बा र थानहरु कर्णाली प्रदेशभरि १ सय हाराहारी योजना रहेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले आर्थिक ०७४÷०७५ मा मठमन्दिर देवताका थान निर्माणको माग अत्याधिक बढी आएका कारणले मन्त्रालय बजेटको व्यवस्था गरेको बताए । ‘गत आर्थिक वर्षमा मठमन्दिर देवताका थान निर्माणमा माग अत्याधिक बढी आएका थिए’ उनले भने, ‘त्यसैका आधारमा मन्त्रालयले बजेटको व्यवस्था गरेको हो ।’

मन्त्रालय आगामी दिनमा मठमन्दिरका काममा बजेटको व्यवस्थापन नगर्ने र पर्यटकीय क्षेत्रका हिसाबले प्राथमिकता परेका धार्मिकस्थलहरुको विकास जोड दिने नीति लिएको सूचना अधिकारी रोकायाले बताए । ‘ठूलाठूला धार्मिकस्थलहरुमा पर्यटकीय क्षेत्रको विकास गर्न बजेटको व्यवस्था गर्ने योजना मन्त्रालयको छ ।’ उनले भने, ‘साना टुक्रे योजनाका मन्दिरमा अब बजेटको व्‍यवस्था हुनेछैन ।’

मन्त्रालयले सुर्खेतको देउतीबज्यै मन्दिर, शिव मन्दिर, रामजानकी मन्दिर, ठिन्ले ताकतेन लिङ गुम्बा, पेङबायाङदेलछुङदेल गुम्बा लगायत निर्माणका लागि १ करोड ७ लाख रूपैयाँ छुट्याएको छ भने डोल्पाको गणेश र सरस्वती मन्दिर, सांचेन गुम्बा, ध्यांगगोनथ्यांगडोन गुम्बा, मण्टा भवानी मन्दिर, कैलाशपति मन्दिर, निर्माण, दलित टोल मन्दिर निर्माण, कमाल टोल मन्दिर निर्माण लगायतका मन्दिर निर्माणका लागि ७९ लाख छुट्याइएको छ ।

त्यस्तै जुम्लाको बुडाल मण्टा थान, चन्दननाथ मन्दिर, खुमालगाउँ कुलालबाडा मन्दिर, कैलाश मन्दिर, बाविरोधान मन्दिर, वण्डाली मन्दिर लगायत निर्माण गर्न ५० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ । जाजरकोटको सुयाडा सिडी मन्दिर, भगवती टोल मुनकाल देवी मन्दिर निर्माण गर्नका १८ लाख रुपैयाँ बजेटको बिनियोजन गरेको छ ।

त्यसैगरी रुकुमको डिग्री साइ मन्दिर लगायतका मन्दिर निर्माणका लागि ३५ लाख रुपैयाँ, मुगुको साग्मो गुम्बा, शिवालय मन्दिर, नाचिंग तिर्थ गुम्बालगायतका मठ मन्दिर गुम्बा निर्माणका लागि ५० लाख, दैलेखको बण्डाली मन्दिर, विन्ध्याबासिनी मन्दिर, कालिका मन्दिर, मस्जिद दुर्गा लगायतका लागि ८६ लाख रुपैयाँका बिनियोजन गरिएको छ । 

हुम्लाको धिगा गुम्बा, ताङ्गिन गुम्बा, गुरामण्टा डाँडामाडु मन्दिर लगायतका लागि ३० लाख रुपैयाँ बिनियोजन गरेको  भने सल्यानको शिव गुफा सिढी निर्माण गर्न २० लाख विनियोजन गरिएको छ । कालिकोटको जगनाथ मन्दिर निर्माण, पटुकाखोला मन्दिर निर्माण, दाहालदेव मन्दिर, शिवनाथ मन्दिरलगायतका मन्दिर निर्माणमा ४० लाख बढी रकम बिनियोजन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै