२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पानी संरक्षणका लागि ठोस योजना ल्याउनुपर्नेमा सभामुखको जोड

२०७५, २८ आश्विन आईतवार ०९:१३

असोज २८, दाङ | सभामुख कृष्णबहादुर महराले विकास निर्माणका काममा सबै पार्टी एकजुट हुनुपर्ने बताउनुभएको छ । 

तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले आज यहाँ आयोजना गरेको बडादशैँ, दीपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “विविध कारणले पानीका मुहान सुक्दै गएकाले संरक्षणका लागि सबै एकजुट भएर ठोस योजना ल्याउनुपर्छ ।” 

दाङमा पानी सञ्चित गर्नका लागि माथिल्लो उत्तरी क्षेत्रको चुन ढुङ्गा निकासी रोकेर त्यस स्थानमा बाँसको बिरुवा रोपी हरियाली बनाउनुपर्ने सुझाव दिँदै उहाँले पानीको दीर्घकालीन समस्या समाधानका लागि बाँध निर्माण तथा ठूला नदीलाई फर्काउनुपर्छ भन्नुभयो । 

राष्ट्रियसभा सदस्य कोमल ओली, प्रदेशसभा सांसद उत्तरकुमार वली लगायतले पानी मानिसका लागि नभैनहुने भएकाले गुणस्तरीय पानी वितरणका लागि सम्बद्ध उपभोक्ता समिति सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै