२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका यी १२ स्थानमा ट्राफिक जाँच हुने

२९ आश्विन २०७५, सोमबार ०५:४५

असोज २९, बैतडी | दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारीसाधनलाई कारवाही गर्न बैतडी प्रहरीले जिल्लाको १२ बढी स्थानमा जाँचस्थल स्थापना गरेको छ । 

चाडपर्वका बेला हुने यात्रुलाई हुने समस्या समाधानका लागि एक दर्जन बढी जाँचस्थल स्थापना गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो । 

चाडपर्वको अवसरमा धेरै यात्रु राखेर ओहोरदोहोर गराउने र तीव्रगतिमा चलाउने प्रवृत्तिले दुर्घटना भएको भन्दै नियन्त्रणका लागि सवारी जाँच तथा कारवाहीको लागि मुख्यमुख्य सडकखण्डमा ट्राफिक जाँचस्थल राखिएको प्रहरीले जनाएको छ । 

जिल्ला सदरमुकाम गोठलापानी, शाहीलेक, सीमानाका झुलाघाट, महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग जयपृथ्वीराजमार्ग, पाटन–पञ्चेश्वर सडकखण्डलगायतका स्थानमा सवारी जाँच तथा ट्राफिक नियम पालन गराउने कार्यसम्बन्धी जानकारी प्रहरीले दिइरहेको छ । जाँचस्थलमा बसेका प्रहरीले सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नराख्न र नचढ्न आग्रह गरेका छन् । 

छतमा बस्न नदिने, तोकिएको शुल्कभन्दा बढी भाडा लिएमा फिर्ता गराउने, पशु चौपायालाई छत र डिकीमा राखेर ओहोरदोहोर गराउन रोक लगाएको छ । प्रहरीले यसअघिनै दशैँतिहारलाई लक्षित गर्दै विशेष सुरक्षा योजनासमेत लागू गरिसकेको छ । नेपाल–भारत सीमानाका झुलाघाटमा पनि चेकजाँचमा पनि कडाइ गरेको छ । यात्रुको सजिलोको लागि सदरमुकाम गोठलापानी र खोडपे बजारमा सहायता कक्षसमेत स्थापना गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ