२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कृष्णनगरमा कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

२०७५, ६ कार्तिक मंगलवार ०५:३६

कात्तिक ६, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । 

आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको थियो । 

कफ्र्यु हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । शनिबारदेखि बढेको विवाद आजदेखि सामान्य बनेको हो । कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।  

प्रशासनले कफ्र्यु कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कफ्र्यु लगाउने निर्णय गरेको थियो । 

मेशिनको ठक्करबाट एकको मृत्यु 

कपिलवस्तुको शिवराज नगरपालिका–४ चनईमा धान काट्ने कम्बाइन हर्वेस्टर मेशिनको ठक्करबाट एकको मृत्यु भएको छ । 

सोमबार दिउँसो ४ बजे धान काट्ने समयमा लु ३ त १३४१ नम्बरको कम्बाइन मेशिन ब्याक गर्दा चनईका ६० वर्षीय महबुब मुसलमान घाइते भएका थिए । कम्बाइनको ठक्करबाट घाइते भएका महबुबको उपचारको लागि बुटवल पु¥याइएको थियो । बुटवलमा उपचार सम्भव नभएपछि उनलाई चितवन लगिएको थियो । 

चितवन मेडिकल कलेजमा उपचारको क्रममा महबुबको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । घटना हिजै भए पनि महबुबको मृत्युपछि मात्र घटना बाहिर आएको थियो । 

कम्बाइन चालक भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला सिसहनिया वर्ष ५० का लौटु चमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते