२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

फोहरलाई मोहर बनाउँदै घोराही उपमहानगर

२०७५, ९ कार्तिक शुक्रबार ०५:४२

रीता लामा | कात्तिक ९, घोराही | शहरीकरण बढेर खाली जग्गा घटेसँगै उपमहानगरपालिका र नगरपालिकालाई फोहर व्यवस्थापनको चुनौती थपिएको छ । 

घोराही उपमहानगरपालिकाले भने त्यही फोहरलाई मोहर बनाउने तयारी थालेको छ । उपमहानगरपालिका हाल दैनिक १६ टन फोहर उत्पादन हुँदै आएको छ । व्यवस्थापन गर्ने स्थान भने एउटा मात्र छ । त्यही फोहरलाई गाड्ने ठाउँ नहँुदा उपमहानगरले फोहरबाट ग्यास र मल बनाएर फोहरलाई मोहर बनाउने तयारी थालिएको हो । 

उपमहानगरले फाहोरलाई दीर्घकालीन व्यवस्थापनका लागि तयारी गरेको उपमहानगरका सामाजिक विकास अधिकृत सुवोध रेग्मीले जानकारी दिनुभयो । सोका लागि उपमहानगरले नेपाल ऊर्जा प्रालिसँग सम्झौताको तयारी गरेको छ । रेग्मीका अनुसार संस्थाले उपमहानगरले उठाएको फोहरलाई आफ्नै रु १० करोड लगानीमा ग्यास र मल उत्पादन गरी बिक्री गर्ने योजनासमेत प्रस्ताव गरेको छ । 

“हामीले उक्त संस्थालाई डम्पिङसाइटको करीब तीन बिघा जग्गा उपलब्ध गराउन लागेका छाँै ।” उहाँले भन्नुभयो, “संरचना निर्माणमा लाग्ने सबै खर्च संस्थाले नै व्योहोरेर २० वर्षको लागि नाफा पनि आफँै खाने सहमति हुनेछ ।” बजार क्षेत्रबाट निस्कने फोहरलाई कहाँ, कुन ठाउँमा व्यवस्थापन गर्ने चिन्ता थपिरहेको समयमा प्रालिले ल्याएको प्रस्तावलाई उपमहानगरपालिकाले सकारात्मक रूपमा लिएको उहाँले बताउनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत सञ्चालन हुने उक्त योजनालाई संस्थाले २० वर्षपछि सबै संरचना उपमहानगरलाई दिने सहमतिसमेत हुने भएको छ । 

कम्पनीले ल्याएको प्रस्तावअनुसार घोराहीको बजार क्षेत्रबाट निस्कने फोहरबाट मात्र दैनिक २३ सिलिण्डर ग्यास र करीब ५० बोरा कम्पोष्टमल निकाल्न सकिने भएको छ । यसको सम्पूर्ण अध्ययन, अनुसन्धान र तयारी भइसकेको रेग्मीले बताउनुभयो । 

उपमहानगरले प्रस्ताव स्वीकृत गर्न मात्र बाँकी रहेको प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । सबै तयारी पूरा भइसकेको र केही दिनभित्रै स्वीकृत गरेर फोहरलाई मोहर बनाउने कामको थालनी हुने उहाँको भनाइ छ । 

घोराही उपमहानगरको वडा नं १६ तेरौटेमा करीब ३० बिघा जमीन छ । जहाँ उपमहानगरपालिकाले घोराहीको मुख्य बजार क्षेत्र वडा नं १४ र १५ बाट निस्किँदै आइरहेको फोहरलाई व्यवस्थापन गरिरहेको छ । गल्नेलाई वन क्षेत्रमा गलाएर फाल्ने र सिसालाई गाड्ने काम गरिरहेको छ । बढ्दो शहरीकरणसँगै उत्पन्न हुने फोहरमैला सङ्कलन तथा व्यवस्थापनका लागि उपमहानगरलाई अहिले चुनौती र आर्थिक भार समेत बढेको छ । गत आर्थिक वर्ष २०७४÷७५मा मात्र उपमहानगरले फोहर व्यवस्थापनमा रु एक करोड ५२ लाख खर्च गरे पनि राजश्व भने रु ४० लाख ६० हजार मात्र सङ्कलन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै