४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

भूकम्पपीडितको टहरोमा आगलागी, दुईको मृत्यु, एक घाइते

९ कार्तिक २०७५, शुक्रबार ०५:४७

कात्तिक ९, जिरी | दोलखाको गौरीशङ्कर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । 

जिल्लाको गौरीशङ्कर गाउँपालिका–९ स्थित टासिनाममा गोपाल शेर्पाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा परी शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र छोरा १२ वर्षीय मिङमा शेर्पाको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले जानकारी दिनुभयो । 

आगलागीका कारण उनको जेठो छोरा १५ वर्षीय फुर्साङ शेर्पा घाइते भएका छन् । घाइते फुर्साङको उपचारका लागि सदरमुकाम चरिकोटतर्फ ल्याउँदै गरेको दोलखा प्रहरीले जनाएको छ । 

करीब बिहान २ बजे लागेको आगो साँढे ४ मा प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो । वृद्धा डालकी अँगेना नजिकै सुत्ने गरेकाले उनले ओढेको कपडामा सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । परिवारमा सात सदस्य रहे पनि तीन जना मात्रै घरमा रहेको र अन्य सदस्य भने घरभन्दा आधा घण्टा टाढा गोठमा बस्दै आएकाले उनीहरु भने बाँच्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ