२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरको रौतामाईमा आधुनिक स्वास्थ्यचौकी निर्माण

२०७५, १० कार्तिक शनिबार ०८:१८

कात्तिक १०, उदयपुर | उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ नामेटार र वडा नं– ४ को मलबासेमा आधुनिक स्वास्थ्यचौकीको निर्माणकार्य सम्पन्न भएको छ । 

उक्त भवनको बिहीबार र शुक्रबार प्रदेश नं– १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गर्नुभएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताउनुभयो । 

रौतामाई गाउँपालिका– १ नामेटार स्वास्थ्यचौकी भवन नेपाल सरकार शहरी विकास मन्त्रालयको रु एक करोड ८२ लाखको आर्थिक सहयोगमा निर्माण भएको अध्यक्ष खड्काले बताउनुभयो । 

२६ वटा कोठासहित दुईतले पक्की भवनमा १५ श्ययासम्म अस्पताल सञ्चालन हुनेगरी निर्माण गरिएको छ । भवनमा प्रसूति तथा बर्थिङ कक्ष, ल्याब, एक्सरे कक्ष, परिवार नियोजन कक्षसहित बिरामीका लागि छुट्टै कोठाको निर्माण भएको छ । 

एक रोपनी क्षेत्रफलको जग्गामा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन २०७२ मा निर्माणकार्य शुरु भई २०७५ को भदौ महिनामा निर्माणकार्य सम्पन्न भएको वडा नं– १ का वडाध्यक्ष रुद्रबहादुर कार्कीले बताउनुभयो । 

यस्तै रौतामाई गाउँपालिका–४ मलबासेमा पनि आधुनिक स्वास्थ्यचौकी भवन २०७४ सालबाट निर्माणकार्य शुरु भई २०७५ को भदौ महिनामा निर्माणकार्य सम्पन्न भएको हो । नेपाल सरकार शहरी विकास मन्त्रालयको रु एक करोड २४ लाखको आर्थिक सहयोगमा उक्त नयाँ भवन निर्माण भएको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रराज मगरले बताउनुभयो । 

यस्तै रौतामाई गाउँपालिका वडा नम्बर ८ मा नया वडा कार्यालय भवन समेत निर्माण कार्य सम्पन्न भएको छ । रौतामाई गाउँपालिका,शहरी विकास मन्त्रालय र प्रदेश नं– १ को आर्थिक सहयोगमा रु ३५ लाखको लागतमा नयाँ एक तले वडा कार्यालय भवनको निर्माणकार्य सम्पन्न भएको हो । 

उदयपुर जिल्लामा आठ स्थानीय तहमध्ये रौतामाई गाउँपालिका भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा अन्य स्थानीय तहको तुलनामा निकै अगाडि बढिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै