२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

२०७५, ११ कार्तिक आईतवार ०७:०१

कात्तिक ११, गाईघाट | उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । 

जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आएको छ । 

अहिले पनि जिल्लाको ताप्ली गाउँपालिका, लिङचुङबुङ गाउँपालिका, उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकाका झण्डै २५० विद्यालयमा गणित, नेपाली, अङ्ग्रेजी तथा विज्ञान विषय पठनपाठन गराउने शिक्षकको अभाव रहेको जिल्ला शिक्षा एकाई समितिका प्रमुख हरिहर धिताल बताउनुभयो । 

मुख्य पहुँच भएका विषयगत शिक्षक नगरपालिका केन्द्रित र शहरी क्षेत्रका विद्यालय केन्द्रित हुने गरेको र शिक्षकको सबै दरबन्दी शहरकेन्द्रित हुने गरेपछि ग्रामीण भेगमा अहिले झण्डै तीन सय विषयगत शिक्षकको अभाव रहेको जिल्ला शिक्षा एकाई समितिका पदाधिकारी बताउँछन् । 

आधारभूत विद्यालय १ देखि ५ कक्षासम्ममा मात्र अहिले जिल्लाका विद्यालयमा झण्डै ३९ हजार विद्यार्थी अध्ययन गर्दै आएको भए पनि सात सय मात्र आधारभूत तहमा स्थायी शिक्षक रहेका छन् । 

यस्तै कक्षा ६ देखि ८ सम्ममा स्थायी शिक्षक १८२ रहेका छन् भने बाँकी २४२ अनुदान र राहत दरबन्दीमा रहेका शिक्षा एकाई समिति बताउँछ । यता कक्षा ९ र १० मा स्थायी शिक्षक १२९ छन् भने बाँकी १४६ अनुदान र राहत दरबन्दीमा रहँदै आएका छन् । 

विषयगत शिक्षक अभावका कारण पहाडी विद्यालय वा दुर्गम क्षेत्रमा एउटै विषयका शिक्षकले चार वटासम्म बिषय हेर्न बाध्य हुनुपरेको छ । प्रत्येक वर्ष एसइई परीक्षामा प्रगति राम्रो नहुनुको पछाडिको मुख्य कारण भनेको विषयगत शिक्षक अभाव नै रहेको समितिका पदाधिकारी बताउँछन् । 

जिल्लाको ग्रामीण भेगका विद्यालयमा विषयगत शिक्षक नियुक्ति गरेर दरबन्दी पूर्ति नगरेसम्म र मन्त्रालयबाट विषयगत शिक्षकको दरबन्दी पूर्ति नगरेसम्म विद्यार्थीको पठनपाठन सुधार हुननसक्ने अवस्था रहेको सम्बन्धित क्षेत्रका अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको भनाइ छ । उदयपुरमा अहिले ४५६ सरकारी विद्यालय सञ्चालन हुँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै