२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा स्थानिय तह र प्रहरीविच समन्वयको खाँचो

२०७५, १३ कार्तिक मंगलवार ११:१३

कार्तिक १३, सल्यान । स्थानीय तह र प्रहरी विच समन्वय हुन आवश्यक रहेकोमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । समन्वय नहुँदा प्रहरी र स्थानीय तहको फरक फरक सत्ता जस्तो देखिने भएकाले जनप्रचिनिधी र प्रहरीविच समन्वय तथा सहकार्यमा वक्ताहरुले जोड दिएका हुन् । समुदाय प्रहरी साझेदारि निर्माण गरि कार्यान्वयन गर्नका लागी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले स्थानीय तह संचालनमा प्रहरीको सहयोग अपरिहार्य रहेको बताए |


कपुरकोटमा आयोजित कार्यक्रममा मंगलबार सेनले सार्वजनिक सम्पत्तिहरुको सुरक्षा तथा संरक्षण, परम्परा तथा चाडपर्वको सुरक्षा व्यवस्थापन, विपद व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, घटनास्थल सुरक्षा, मुचुल्का तयारी, सुरक्षा सचेतना एवम् मदिरा तथा लागूपदार्थ नियन्त्रणमा समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

यस्तै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र बहादुर शाहिले स्थानीय तह र जनप्रतिनिधीसंग समन्वय गरेर अघि बढिने जनाउँदै आफु मातहतका समपूर्ण इकाइलाइ यसबारे निर्देशन भइसकेको जनाए । उनले समुदाय सुरक्षालाइ प्रवद्र्धन गर्न भर्खरै सुरु भएको समुदाय प्रहरी साझेदारिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । गाउँपालिकाको तर्फबाट अध्यक्ष सेन र जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायव उपरिक्षक शाहीले समुदाय प्रहरी साझेदारि निर्माण र कार्यान्वयन गर्नका लागी समझदारि पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

नायव सुब्बा जीवराज केसीले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडा अध्यक्ष तथा कार्यापालिका र वडा सदस्यहरुको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै