४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा स्थानिय तह र प्रहरीविच समन्वयको खाँचो

१३ कार्तिक २०७५, मंगलवार ११:१३

कार्तिक १३, सल्यान । स्थानीय तह र प्रहरी विच समन्वय हुन आवश्यक रहेकोमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । समन्वय नहुँदा प्रहरी र स्थानीय तहको फरक फरक सत्ता जस्तो देखिने भएकाले जनप्रचिनिधी र प्रहरीविच समन्वय तथा सहकार्यमा वक्ताहरुले जोड दिएका हुन् । समुदाय प्रहरी साझेदारि निर्माण गरि कार्यान्वयन गर्नका लागी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले स्थानीय तह संचालनमा प्रहरीको सहयोग अपरिहार्य रहेको बताए |


कपुरकोटमा आयोजित कार्यक्रममा मंगलबार सेनले सार्वजनिक सम्पत्तिहरुको सुरक्षा तथा संरक्षण, परम्परा तथा चाडपर्वको सुरक्षा व्यवस्थापन, विपद व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, घटनास्थल सुरक्षा, मुचुल्का तयारी, सुरक्षा सचेतना एवम् मदिरा तथा लागूपदार्थ नियन्त्रणमा समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

यस्तै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र बहादुर शाहिले स्थानीय तह र जनप्रतिनिधीसंग समन्वय गरेर अघि बढिने जनाउँदै आफु मातहतका समपूर्ण इकाइलाइ यसबारे निर्देशन भइसकेको जनाए । उनले समुदाय सुरक्षालाइ प्रवद्र्धन गर्न भर्खरै सुरु भएको समुदाय प्रहरी साझेदारिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । गाउँपालिकाको तर्फबाट अध्यक्ष सेन र जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायव उपरिक्षक शाहीले समुदाय प्रहरी साझेदारि निर्माण र कार्यान्वयन गर्नका लागी समझदारि पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

नायव सुब्बा जीवराज केसीले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडा अध्यक्ष तथा कार्यापालिका र वडा सदस्यहरुको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ