२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमका स्वास्थ्यचौकी चिकित्सकबिहीन

२०७५, १४ कार्तिक बुधबार ०५:३८

कात्तिक १४, मुसिकोट | रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित खारानेटा स्वास्थ्यचौकी चिकित्सकबिहीन छ । पाँच शय्याको उक्त स्वास्थ्यचौकीमा चिकित्सक नहुँदा बिरामी मारमा परेका छन् । 

नेपाली सेनाको देवीदल गणले गत जेठमा उक्त स्वास्थ्यचौकी भवन निर्माण गरेको हो । करीब रु २० लाखको लागतमा शौचालय र स्नान कक्षसहित गाउँपालिका केन्द्र नजिकै सो स्वास्थ्यचौकी सञ्चालनमा आएको हो । 

नेपाली सेनाले स्वास्थ्यचौकी भवन निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । 

चिकित्सक नहुँदा उपचारका लागि आउने बिरामी उपचार नगरिकनै फर्कने गरेका छन् । स्थानीयवासी धनमाया ओलीका अनुसार स्वास्थ्यचौकी सधैँ बन्द रहन्छ । “घर नजिकै अस्पताल बन्यो, चिकित्सक छैनन्”, उहाँले भन्नुभयो । यहाँका बिरामी सदरमुकाम सल्ले, दाङ, नेपालगञ्जलगायत ठाउँमा उपचारका लागि जान बाध्य छन् । त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी मानबहादुर खत्रीले आवश्यक दरबन्दी अनुसार कर्मचारी माग गरिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै